भोलिबाट दरबार पुनःनिर्माण शुरु !

0
SHARES
109
VIEWS

२० साउन २०८१, नुवाकोट । भूकम्पले क्षती भएको झण्डै एक दशकपछि नुवाकोट दरवार पुनःनिर्माण शुचारु हुने भएको छ । आईतवार चिन सरकारका प्रतिनिधि दरवारको स्थलगत अवलोकनमा आएसँगै पुननिर्माणको कार्य भोलिबाटनै शुरु हुन लागेको विदुर २ का वडाध्यक्ष दिपक कायस्थलेजानकारी दिए ।
पुननिर्माणका क्रममा स्थानिय सरकारले गर्नुपर्ने खानेपानी, बिजुलि, सडक र खालि जग्गा ब्यवथापन नगरपालिकाले गर्ने र चिन सरकारले काम त्तत्काल सुरुवात गर्ने सहमति भएको छ–नगरप्रमुखको सचिवालयले जानकारी दिएको छ । यद्यपी यसअघिपनि पटकपटक अवलोकन भएपनि काम सुचारु भने भएका थिएनन् ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पृथ्वीनारायण शाहले निर्माण गरेको ऐतिहासिक साततले दरबार पुनःनिर्माण गर्न २०७५ सालमा नै नै चीन सरकारको सहयोग गर्ने जनाएको थियो । असोजबाट काम शुरु भएपनि विभिन्न कारण देखाउँदै पुनस्निर्माणको कार्य रोकिदै आएको हो । नेपाल एकीकरणको आधारस्तम्भका रुपमा रहेको साततले दरबार भूकम्पका कारण क्षतिग्रस्त बनेपछि हाल टेको लगाएर राखिएको छ भने दरबार अगाडिका नारायण र विष्णु मन्दिर पूर्णरुपमा क्षतिग्रस्त छन् । त्यस समय भदौमा १५–१६ जना चिनियाँ प्राविधिकले २० दिन लगाएर क्षतिग्रस्त दरबारको सर्वेक्षण गरेका थिए । केहिपछि चिनियाँ राजदूत यु होङले यस क्षेत्रको पुनः अवलोकन गरेका थिए । राजदूतले पृथ्वीनारायण शाहले निर्माण गरेको साततले दरबार, मल्लकालीन रङ्गमहल, गारद भवन, नारायण मन्दिर, लिच्छविकालीन तलेजु भवानी राखिएको दरबार, नुवाकोट भैरवी मन्दिर छेउका सेतोपाटी र लामपाटीलगायतका स्थानको अवलोकन गरेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुयाँलले स्मरण गरे ।
पृथ्वीनारायण शाहले विसं १८०१ देखि १८२५ सम्मको महत्वपूर्ण समय नुवाकोटमा नै बिताएका थिए । इतिहास खोतल्दा उनले नुवाकोटमा विजय हासिल गरेपछि मल्लकालीन दरबार एवं मन्दिर कायमै राखी त्यहीबाट सामाजिक तथा आर्थिक क्रियाकलाप अघि बढाएको पाइन्छ । एतिहासिक कथन अनुसार पृथ्वीनारायण शाहले ललितपुरका कालीगढ झिकाई शुरुमा नौतले दरबार बनाउन लगाए पनि १९९० सालको सालको महाभूकम्पले दुई तला भत्किएर सात तलेमात्र हुन पुगेको हो । मल्लकालीन समयमा मल्ल राजाहरूले पाँच तला र सर्वसाधारण जनताले तीन तलासम्मको घर बनाउने स्थिति बाँधे पनि उपत्यकाका मल्ल राजाहरूको घमण्ड तोड्नकै लागि पृथ्वीनारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएको पाइन्छ ।
सात तला रहेको दरबारको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने व्यवस्था मिलाइएको र त्यहाँस्थित युद्घ बन्दीलाई थुन्ने खोर, दरबारको सुरक्षाका लागि भुइँतलामा आँखीझ्याल आदिको निर्माणले यसलाई वास्तुकलाको विशिष्ट नमूना मान्ने गरिएको छ । नुवाकोट दरबारका साथै यहाँस्थित तलेजु भवानी, भैरवी मन्दिर धार्मिक आस्था एवं विश्वासका महत्वपूर्णस्थल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित