काठमाडौँ । आज विश्व निमोनिया दिवस । हरेक वर्ष नोभेम्बर १२ का दिन निमोनिया दिवस मनाइन्छ ।
निमोनिया मुख्य रोगअन्तर्गत पर्छ । निमोनिया सबैलाई लाग्ने रोग हो । आँखाले नदेखिने किटाणुबाट स्वासप्रश्वास प्रक्रियासँग सम्बन्धित अङ्गहरूमा यो रोगको सङ्क्रमण हुन्छ र सास फेर्न बाधा पुग्छ ।
यसलाई निमोनिया वा स्वासप्रश्वाससम्बन्धी रोग भनिन्छ । यसले प्रायजसो फोक्सोमा असर गर्छ, साथै नाक र कानमा समेत असर गर्छ ।
यसलाई निमोनिया वा स्वासप्रश्वाससम्बन्धी रोग भनिन्छ । यसले प्रायजसो फोक्सोमा असर गर्छ, साथै नाक र कानमा समेत असर गर्छ ।
मुख्य गरी यो रोग ५ वर्षमुनिका बालबालिका र वृद्धवृद्धालाई लाग्ने सम्भावना बढी हुन्छ ।
बालबालिकामा लाग्ने विभिन्न रोगहरूमध्ये पहिलो नम्बरमा निमोनिया रहेको छ । बाल चिकित्सकहरूको भनाइअनुसार पनि नेपालमा बालबालिका मृत्युको प्रमुख रोग निमोनिया नै हो । निमोनिया हँुदा बालबालिकालाई साधारण रुघाखोकी लाग्ने गर्छ । कहिलेकाहीँ रुघाखोकीबाट नै पाँच वर्षमुनिका बच्चाहरूमा घातक रोग निमोनिया लग्न सक्छ ।
खास गरेर निमोनिया भएपछि मृत्यु हुनुको कारण निमोनियाको समयमै उपचार नपाउनुलाई नै मान्दै आइएको छ । बालबालिका बढी जोखिममा हुन्छन् भन्नुको कारण बालबालिकाले आफूलाई के भएको हो भन्ने कुराको बारेमा बताउन सक्दैनन् । त्यही भएर बालबालिकामा बढी निमोनिया देखिन्छ ।
निमोनिया के हो ? कस्ता बालबालिकालाई यस्तो रोग लाग्छ । निमोनियाबाट बालबालिकालाई कसरी बचाउने लगायत विषयको बारेमा बाल नर्सिङ विशेषज्ञ सुरक्षा सुवेदीले जानकारी गराएकी छिन् ।
के हो निमोनिया ?
फोक्सोमा आउने एक प्रकारको खराबी हो निमोनिया । यो रोग लागेमा फोक्सोका कोषहरू सुनिन्छन्, श्वासप्रश्वासमा समस्या आउँछ । ब्याक्टेरिया र भाइरसले निमोनिया गराउँछ । निमोनिया धेरैजसो सूक्ष्म किटाणुहरू; जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस वा फङ्गसहरूले गराउँछन् ।

उमेर तथा अन्य स्वास्थ्य अवस्थाले यी विभिन्न किटाणुको सङ्क्रमणले प्रभाव पार्छ । निमोनिया धेरैजसो सूक्ष्म किटाणुहरू जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस वा फङ्गसहरूले गराउँछ । वातावरणको कारणले पनि निमोनिया हुने सम्भावना हुन्छ । जस्तै; काठमाडौँको वातावरणको कुरा गर्ने हो भने यहाँ धेरै प्रदूषण छ । प्रदूषण धेरै भएको ठाउँमा जस्तै काठमाडौँको बालबालिकालाई निमानिया हुने सम्भावना बढी हुन्छ ।
यस्तै गर्मीको समयमा बालबालिकालाई धेरै कपडा लगाइदिइने हँुदा पनि निमोनियाको सम्भावना बढी हुन्छ । धेरै कपडा लगाउँदा पसिना आउने र त्यही पसिना शरीरले सोच्ने हुँदा निमोनिया हुनसक्छ । निमोनिया चिसो, धुवाँ, धुलो सबै मौसममा हुने र सबै उमेरका व्यक्तिमा हुन्छ । मुख्यतया बालबालिकालाई निमोनिया हुने गरेको छ । निमोनिया भनेको फोक्सोमा हुने रोग हो । कार्बनडाइअक्साइड फालेर अक्सिजन लिनुपर्ने हुन्छ । तर लिने ठाउँ नै धुवा, धुलोको कारणले ब्लक हुने हुँदा सोही ठाउँमा जम्मा भएर बसिरहन्छ । जसले गर्दा सहजै रूपमा अक्सिजन लिने र फाल्न गाह्रो हुन्छ ।
निमोनियाका लक्षणहरू ?
सुरुमा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने र हल्का ज्वरो आउने, साधारण रुघाखोकी लाग्ने र पछि छिटोछिटो सास फेर्ने वा सास फेर्न गाह्रो हुने हुन्छ । निमोनिया भएमा बालबालिकाले खान पिउन नसक्ने, सुस्त वा बेहोस हुने, आमाको दूध चुस्न नसक्ने हुन्छ र कसैकसैमा सास फेर्दा अस्वाभाविक आवाज सुनिने पनि गर्छ । छिटोछिटो सास फेर्ने, कोखा हान्ने, निलो हुने जस्ता लक्षण रोगको अवस्था बढ्दै जाँदा देखिन्छ ।

निमोनियाबाट बालबालिकालाई कसरी जोगाउने ?
बालबालिकालाई तातो र न्यायो बनाएर राख्नाले पनि निमोनियाबाट बचाउन सकिन्छ । यस्तै बालबालिकालाई निमोनियाबाट बचाउन आमाको दूधको महत्वपूर्ण भूमिका हुन्छ । बालबालिकालाई निमायोनियाबाट बचाउनको लागि आमाको दूध अनिवार्य खुवाउनुपर्छ । दूध खुवाउन नहुने अवस्था नै छ भने चाहिँ नखुवाउँदा हुन्छ । यदि मिल्ने छ भने ६ महिनासम्म बालबालिकालाई आमाको दूधको एकदमै जरुरी हुन्छ ।

अब निमोनिया र आमाको दूधको कुरा कसरी जोडिन्छ भन्ने प्रश्न उठ्न सक्छ । आमाको दूध खुवाएको बालबालिकामा रोगसँग लड्ने सक्ने क्षमता धेरै हुन्छ ।
बालबालिकालाई पछिसम्म चाहिने विभिन्न खालको प्रोटिन आमाको दूधबाट मात्रै पाइन्छ । जुन कुरा अरू कुरामा पाइन्न ।
आमाको दूध नखुवाउँदा बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुन्छ र यस्ता बालबालिकालाई सामान्य रोगले पनि सताइरहन्छ ।
त्यसैले जन्मेको ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनु हुन मेरो अनुरोध छ । त्यसपछि बालबालिकालाई आवश्यकता अनुसारका खाना खुवाउँदै जानुपर्ने हुन्छ ।
कामको व्यस्तताले गर्दा पनि आजकाल बच्चालाई ल्याक्टोजिन बढी मात्रामा खुवाइन्छ । योसँगै बालबालिकालाई लगाउनुपर्ने सम्पूर्ण खोप लगाउनुपर्छ । साना बालबालिकालाई छुँदा हात पखालेर छुनुपर्छ ।
बालबालिकालाई सफा राख्नुपर्छ । रुघाखोकी लागेका त्यस्ता व्यक्तिबाट बालबालिकालाई बचाउनुपर्छ । साना बालबालिकालाई धुलो, धुवाँ र चिसोबाट बचाउनुपर्छ ।
धेरै चिसो र धेरै गर्मी भएको ठाउँमा बालबालिकाको बढी ख्याल गरियो भने निमोनियाबाट बचाउन सकिन्छ ।
Discussion about this post