नुवाकोट । नुवाकोट आदशी बहुमुखी क्याम्पसद्वारा प्रकाशित जर्नल सार्वजनिक गरिएको छ ।
त्रिभूवन विश्वविद्यालयका पूर्व सहायक डिन सहप्राध्यापक डा. विष्णु खनालले एक कार्यक्रमका बिच जर्नल सार्वजनिक गर्नुभएको हो । जर्नल सार्बजनिक गर्दै डा खनालले जर्नल प्रकाशनबाट क्याम्पसको गरिमा बढ्ने वताउनुभयो । पियर रिभ्यु जर्नल नेपजोनमा दर्ता भएकोले अनलाइनबाट समेत जर्नल पढ्न सकिन्छ । जर्नलमा डा. कान्छी महर्जन, प्रा. डा. नारायणप्रसाद बेलबासे, अम्बिका सापकोटा, माधबप्रसाद नेपाल, वर्षा लामिछाने, रितु लामिछाने, घनश्याम शर्मा, ममता शर्मा, नारायणमान डंगोल, सुकुमान डंगोल, चक्रवहादुर कार्की, निलकुमारी क्षेत्री, प्रकाश राई, पूर्णवहादुर सडौला, धर्मजंग थापा, पुरुषोत्तम अर्याल, रविराज पुरी, शिला लामा, डा. श्रीराम खनाल, सोपप्रसाद निरौला, सरोज बोगटी लगायतका अनुसन्धानमूलक लेखहरु प्रकाशित छन् । जर्नल वार्षिक रुपमा प्रकाशन हुँदै आएकोमा अव अर्धवार्षिक रुपमा प्रकाशन हुने क्याम्पस प्रमुख गोविन्दप्रसाद लिम्बुले जानकारी दिनुभयो ।
जर्नलको सम्पादकमा सुकुमान डंगोल र सल्लाहकारमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठ रहनुभएको छ । हाल प्रकाशित जर्नल भाग ६ हो । जर्नलमा २ सय १४ पृष्ठ रहेको छ ।























Discussion about this post