छात्रवृत्ती वितरण तथा नयाँ भवन शिलान्यास

0
SHARES
12
VIEWS

नुवाकोट, जेठ २७ । नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक भवनको शिलान्यास तथा छात्रवृत्ति वितरण कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
क्याम्पस स्थापना कालमा अतुलनीय योगदान पु¥याउनुहुने स्वर्गीय संस्थापक तथा पूर्व अध्यक्ष विष्णु बहादुर आचार्यको स्मृतिमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, लगनशीलता र पारिवारिक अवस्थालाई सम्मान गर्दै छात्रवृत्ति वितरण गरिएको छ । यस्तै, क्याम्पसको भौतिक पूर्वाधार विकासका लागि नयाँ भवनको शिलान्यास गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले दुवै कार्यले शिक्षाको गुणस्तर सुधार र समृद्ध समाज निर्माणको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुखले भन्नुभयोः “नुवाकोट आदर्श बहुमुखी क्याम्पसले क्याम्पसले हजारौँ दक्ष जनशक्ति उत्पादन गरेर देशका विभिन्न उच्च ओहोदामा पु-याएको छ । आज हामी जुन स्थानमा छौँ, यो उपलब्धी हाम्रा अग्रजहरूको पसिना, त्याग, लगनशीलता र दूरदर्शिताले मात्र सम्भव भएको हो ।”
भौतिक पूर्वाधार बिना प्रविधिमैत्री र आधुनिक शिक्षा सम्भव नभएको उल्लेख गर्दै नगर प्रमुखले नयाँ भवन निर्माणसँगै क्याम्पसको शैक्षिक वातावरण थप उत्कृष्ट बन्ने र यसले अनुसन्धानमूलक शिक्षामा जोड दिने विश्वास व्यक्त गर्नुभयो । आजको युग प्रतिस्पर्धात्मक, वैज्ञानिक र प्रविधिको युग भएको चर्चा गर्दै नगर प्रमुखले बदलिँदो समयअनुसारका बिषयहरु सूचना प्रविधि तथा प्राविधिक बिषयहरुलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । आधुनिक प्रविधि, अनुसन्धान र नवीनतम ज्ञानमा अब्बल बन्न प्राध्यापकहरूले आफूलाई निरन्तर ’अपडेट’ गरी खरो रूपमा उतार्नु आजको आवश्यकता हो । नगर प्रमुख श्रेष्ठले बिदुर नगरपालिकाको शैक्षिक सुधारका अनुभवहरु प्रस्तुत गर्नुहुदै लगनशील भएर अघि बढ्दा सफलता प्राप्त हुने विश्वास ब्यक्त गर्नु भयो । सो अवसरमा नगर प्रमुखले बिदुरनगरपालिकामा गरिएको महत्वपूर्ण योजना तथा कार्यक्रमहरुको समेत चर्चा गर्नु भयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई अध्यक्ष श्रेष्ठले सम्बोधन गर्नु हुदै पूर्व अध्यक्ष एवं संस्थापक बिष्णु बहादुर आचार्यको समाजमा तथा क्याम्पसको योगदानको स्मरण गर्नुहुदै उहाँको मुक्तकण्ठले प्रशांसा गर्नुभयो र योगदान गर्ने ब्यक्तिलाई जहिले पनि क्याम्पसले सम्झिरहने बिचार ब्यक्त गर्नुभयो । क्याम्पसका संस्थापकहरु शिव प्रसाद गजुरेल लगायत संस्थापकहरुले क्याम्पसलाई पु¥याएको योगदानको चर्चा गर्नु भयो । उहाँले क्याम्पसको भौतिक तथा शैक्षिक योगदान पुर्याउनु हुने बिदुर नगरपालिका, विश्वबिद्यालय अनुदान आयोग तथा सम्पूर्ण दाताहरुलाई धन्यबाद दिदै तथा आगामी दिनमा थप सहयोगको अपेक्षा गर्नु भयो । उहाँले “शिक्षा उज्यालो भविष्यको आधारशिला हो र यो व्यक्तिको ज्ञान, सीप, तथा व्यक्तित्व विकासको मुख्य माध्यम हो,“ उहाँले थप्नुभयो, “शिक्षाले आलोचनात्मक चिन्तन, समस्या समाधान गर्ने सीप र निर्णय क्षमतामा वृद्धि गर्छ । राष्ट्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको स्तर त्यहाँको शिक्षाको स्तरबाटै पहिचान हुन्छ ।“ कार्यक्रममा क्याम्पस प्रमुख गोविन्द लिम्बु, संचालक समितिका सदस्यहरु ध्रुुव ढकाल, रामहरी घिमिरे, प्रकाशचन्द्र ढुंगाना, बिन्दा अर्याल, छत्रराज डंगोल, पूर्व क्याम्पस नारायणमान डंगोल लगायतले मन्तब्य ब्यक्त गर्नु भयो । सो कार्यक्रममा २७ जना बिद्यार्थीहरुलाई रु.२,१३,७००। अक्षेरुपी दुईलाख तेह् हजार सात रुपैयाँ छात्रवृत्ति वितरण गरिएको हो ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा मानबिकि, शिक्षाशास्त्र र ब्यवस्थापन संकाय तथा ११, १२ कक्षा, स्नातक, स्नाकोत्तर तहमा गरी करीब १ हजार पाँच सय बिद्यार्थीहरु अध्ययनरत छन् । कक्षा ११ मा यसै शैक्षिक सत्रबाट होटल म्यानेजमेन्ट बिषय सञ्चालन हुदैछ भने स्नातक तहमा बि एड आई सि.टि, बिबिए लगायतका नयाँ बिषय थप गर्ने प्रक्रियमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित