नुवाकोट । ५ असार । नुवाकोट गल्छी–त्रिशूली सडकखण्डमा विहिवार भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । ट्रक र मोटरसाईक ठक्कर खाएर भएको दुर्घटनामा तारकेश्वर गाउँपालिका वडा नं.३ का ४५ वर्षिय शंकरमान श्रेष्ठको मृत्यु भएको हो ।
दिउँसो अपरान्ह पौने तिन बजे समयमा जिल्ला बेलकोटगढी नगरपालिका वडा नं.७ कल्चेडी भिर स्थित गल्छी–त्रिशुली सडकखण्डमा गल्छीतर्फ जादै गरेको ना ६ ख १०६० नम्बरको ट्रक र सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०२–०२९ प १६४२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक श्रेष्ठलाई तत्काल उपचारको लागि अम्बे भरोसा अस्पताल गल्छी धादिङमा पठाईएकोमा थप उपचारको लागि बि एण्ड बि अस्पताल ललितपुरमा लगिएको हो । अस्पतालले श्रेष्ठलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । ट्रक चालक हेटौडा उमनपा वडा नं.८ का ४० वर्षिय दिपक मगर प्रहरी नियन्त्रणमा रहेको र घटनाको बिषयमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।























Discussion about this post