पञ्चकन्या माविको अभिभावक दिवस

0
SHARES
0
VIEWS

२२ जेठ, नुवाकोट ।
नुवाकोटको बेलकोटगढी नगरपालिकाको ११ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले विविध कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार विद्यालयमा अभिभावक दिवस, स्वर्णजयन्ती स्तम्भ शिलान्यास, स्मारिका प्रकाशन शुभारम्भ, एसईई सम्मान, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा बेलकोटगढी नगरपालिकाका प्रमुख जगत बहादुर गुरुङ हुनुहुन्थ्यो । कार्यक्रमका प्रमुख अतिथि मेयर गुरुङले सामुदायिक विद्यालयहरूले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छन् भन्ने उदाहरण यस विद्यालयले प्रस्तुत गरेको उल्लेख गर्दै आगामी दिनमा समेत उत्कृष्ट नतिजा, अनुशासन, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा कार्यक्रममा विशिष्ट अतिथि नगरपालिकाका उपमेयर शिवप्रसाद दाहालले बेलकोटगढी नगरपालिकाकाले सामुदायिक विद्यालयको सुधार र गुणस्तरीयताका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका प्रमुख रामचन्द्र इटनी, नेपाल सरकारका उपसचिव तथा विद्यालयका पूर्वविद्यार्थी विष्णुहरि रेग्मी, किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडा, बेलकोटगढी नगरपालिका शिक्षा शाखाका सहायक विद्यालय निरीक्षक भद्रबहादुर कठायत लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यालयको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक ठाकुर जंग पाण्डेले शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार विकास, अतिरिक्त क्रियाकलाप तथा भावी योजनाबारे जानकारी गराउनु भएको तियो । सो अवसरमा सहभागि अतिथिहरुले विद्यालयले यस वर्षको एसईई परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको उल्लेख गर्दै यस सफलताले विद्यालयलाई जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा स्थापित गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा विद्यालयले गत वर्ष पनि उत्कृष्ट शैक्षिक नतिजा तथा प्रभावकारी व्यवस्थापनका कारण स्थानीय समुदायबाट प्रशंसा प्राप्त गरेको स्मरण गराउँदै निरन्तर सुधार र गुणस्तरीय शिक्षाको यात्रालाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। विद्यालयको सफलता शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको साझा प्रयासको प्रतिफल भएको वक्ताहरूले बताएका थिए ।
सो अवसरमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयको स्वर्णजयन्ती वर्षलाई स्मरणीय बनाउन निर्माण हुन लागेको स्वर्णजयन्ती स्तम्भको शिलान्यास तथा विद्यालयको इतिहास, उपलब्धि र गतिविधि समेटिएको स्मारिकाको शुभारम्भ समेत गरिएको थियो । कार्यक्रमको अर्को आकर्षण विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक प्रस्तुति, नृत्य, गीत तथा नाटकहरू रहेका थिए। प्रस्तुतिहरूले विद्यालयको सिर्जनशीलता, प्रतिभा र सांस्कृतिक विविधतालाई उजागर गरेका थिए ।
कार्यक्रममा अतिथिहरुल समुदाय, अभिभावक, शिक्षक र विद्यार्थीबीचको सुदृढ सहकार्यले विद्यालयलाई निरन्तर प्रगतिपथमा अघि बढाएको र आगामी वर्षहरूमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरेका थिए । विद्यालयले २०८२ को एसइई परीक्षामा शतप्रतिशत विद्यार्थी उत्रीर्ण गराउन सफल भएको थियो । यससँगै परीक्षामा सहभागी विद्यार्थीको आधारमा विद्यालय नुवाकोट जिल्लाकै पहिलो नंवरमा रहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । विद्यालयले आगामी पौष २३ गते स्वर्ण जयन्ती मनाउने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित