नुवाको | २३ माघ । त्रिशुली–गल्छी-काठमाडौं सडकखण्ड अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका–७ का २२ वर्षीय जीवन राई रहेको प्रहरीले जनाएको छ । उनलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।
गल्छिबाट त्रिशुलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. ५८ प २८०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।
विपरीत दिशाबाट आइरहेका बस र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । बस अनियंत्रित हुदा बसमा सवार १८ र मोटरसाइकलमा सवार १ जना घाइते भएका छन् ।
Discussion about this post