नुवाकोट । १ चैत्र ।
नुवाकोटमा शुक्रवार साँझ भएको मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । विदुर नगरपालिका वडा नम्बर ६ देविघाट जलविद्युतको पुल नजिक मोटरसाईकल र्दुघटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका वडा नम्बर १ दानसिंङका ३२ वर्षिय चतुरमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बट्टारबाट दानसिङतर्फ गइरहेको बा ४६ प ८२५३ नम्बरको मोटरसाईकल र्दुघटनामा परेको हो । दुर्घटनामा परि अचेत अवस्थामा सडक किनारामा भेटिएका तामाङको उपचारको क्रममा त्रिशुली अस्पताल नुवाकोटमा लैजादा चिकित्सकले मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको प्रकृती हेर्दा तिब्र गतिमा सवारी चलाएको र असन्तुलित भई दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ । शुरुमा तामाङको शव सनाखत नभएपनि सामाजिक सञ्जाल मार्फत उनको शव सनाखत भएको हो ।
Discussion about this post