विद्यार्थीलाई शैक्षिक सामाग्री, स्थानीयलाई स्वास्थ्य उपचार

0
SHARES
15
VIEWS

२६ बैशाख, २०८३ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ८ मा विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री र विरामीहरुका लागि स्वास्थ्य उपचार गरिएको छ । लायन्स क्लब पोखरा महालक्ष्मीको आयोजनामा कल्याणीदेवी माविमा निःशुल्क आँखा, सुगर, प्रेसर जाँच तथा छात्रवृत्ति एवं स्टेशनरी वितरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीहरुलाई ५ हजार रुपैयाँको दरले नगद छात्रवृत्ति र ४६ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री उपलब्ध भएको विद्यालयका प्रधानाध्यापक वुद्धिप्रसाद पुडासैनिले जानकारी दिनुभयो । यस्तै, शिविरमा करिब पाँच सय जनाको आखा परीक्षण तथा सुगर प्रेसर परीक्षण, निःशूल्क चस्मा तथा औषधी वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि बेलकोटगढी नगरपालिकाका उपमेयर शिवप्रसाद दाहालले बेलकोटगढी नगरपालिकाको स्वास्थ्य, शिक्षा तथा सामाजिक विकासका लागि संस्थाले गरेको सहयोेगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि नगरपालिकासँग साझेदारी गरी सामाजिक कार्य गर्न आह्वानः गर्नुभयो । कार्यक्रमको आयोजना तथा समन्वय गरेको बेलकोटगढी नगरपालिका वडा नं ८ का वडाध्यक्ष सुरेशलाल चित्रकारले सामाजिक क्षेत्रमा लायन्स क्लवहरुको भूमिका प्रभावकारी रहेको वताउनुभयो ।
कार्यक्रमका सभापति लायन्स क्लव अफ पोखरा महालक्ष्मीका अध्यक्ष लायन राम प्रसाद खतिवडाले क्लवले देशका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको वताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित