६ जेठ २०८१ । नुवाकोट
‘हाइटेन्सन’ विद्युतीय प्रशारण लाइनको करेन्ट प्रवाह हुदाँ नुवाकोटमा एक १२ वर्षीया बालिकाको ज्यान गएको छ । शनिबार दिउँसो भएको घटना लगत्तै गम्भीर घाइते बालिकाको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा बुधवार निधन भएको हो ।
मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नंं ३ की १२ वर्षीया इन्दिरा राई रहेकी छिन् । बाख्रा चराउन गएको समयमा हाईटेन्सन लाईनको करेन्ट प्रवाह हुँदा उनी घाईते भएकी थिईन् । बेलकोटगढी १३ का स्थानीय राजेशजंग थापाका अनुसार ६६ केभीको ’त्रिशूली बालाजु ग्रिड’ अन्तर्गतको ’हाइटेन्सन लाइन’को करेन्टको प्रभावले शरीरको अधिकांश भाग जलेको र आर्थिक अभावले समयमै प्रभावकारी उपचार नपाउदाँ निधन भएको हो । बालिकाको घरायसी आर्थिक अवस्था कमजोर भएकोले उपचार गरिदिन प्राधिकरणको काठमाडौको मिनभवनस्थित शाखामा पीडित परवार, बालिकाको स्थायी ठेगाना भएको लिखु–३ को वडा कार्यालय र घटनाभएको स्थान बेलकोटगढी– १३ को वडा कार्यालयले पत्राचार गरेपनि वेवास्था गरेको कारण बालिकाको प्रभावकारी उपचारको अभावमा निधन भएको बालिकाको बुबा मनोज राईले गुनासो गर्नुभयो ।
प्राधिकरणको कर्मचारीको लापराहीको कारण प्रशारण लाइनको तार झोलिएको अबस्थामा उक्त तारमा प्रभाव भएको करेन्टको प्रभावले बालिकालाई करेन्ट लागेर गम्भीर घाइते भएको र उपचारको लागी समेत सहयोग नगरेको कारण पीडित परिवारले अस्पतालबाट शव बुझ्न अस्वीकार गरेका छन् । उक्त घटनाको बिरोधमा स्थानीय रुपमा प्राधिकरण विरुद्ध चरम असन्तुष्ट उत्पन्न भएको छ । स्थानीय सरकार, दलीय प्रनिनिधि, सरोकारवालाहरुबाट उक्त घटनामा प्राधिरकरणले प्रशारण लाइन राम्रोसंग नसक्नु, घटना पश्चात उपचारको लागी सहयोग नपुराउनु लगायतमा चरम लापरबाही भएको भन्दै असुन्तुष्टि जनाइएको हो ।
वागमती एफएम
Discussion about this post