नुवाकोट । २८ जेठ
नुवाकोटका विभिन्न सडक पुर्वाधारमा वजेट कटौती भएको विरोधमा नेपाली कांग्रेस नुवाकोटले खवरदारी तथा विरोधसभा गरेको छ । कांग्रेसले सोमवार बिहान लिखु गाउँपालिका २ ढिकुरे पुलमा खवरदारी सभा गरेको हो ।
सभालाई सम्बोधन गर्दै कांग्रेसका जिल्ला सभापती एवं प्रदेशसभा सदस्य रमेशकुमार महतले बजेटमा जिल्लाको लव्धु–समुन्द्रटार–गोल्फुभन्ज्यांग सडक र बालाजु रानिपौवा पिपलटार सडकमा न्युन बजेट विनीयोजन गरेको तथा अघिल्लो सरकारले शुरु गरेका थुप्रै योजनालाई निरन्तरता नदिएकोले खवरदारी सभा गरिएको वताउनुभयो । ‘चालु आब मानै बजेट बिनियोजन भई अर्थ मन्त्रालयबाट श्रोत सुनिश्चित भई टेण्डर प्रकृयामा गईसकेको सडक बर्तमान सरकारले कार्य अगाडि बढाउन रोक लगाएको छ’ महतले भन्नुभयो– यस कार्यबाट नुवाकोटको आधा भुभाग नै प्रभावित भएको हुँदा तत्काल ठेक्का प्रकृया अगाडी बढाउन सरकारलाई दबाव दिन खÞबर दारी सभा आयोजना गरेका हौं । ’
सभामा नेपाली कांग्रेसका जिल्ला तथा स्थानीय तहका नेता कार्यकर्ता र स्थानीयको उल्लेख्य उपस्थिती रहेको थियो ।यस्तै, कांग्रेसले सुर्यगढीको फेदीबेशी वजारमा पनि सभा सम्पन्न गरेको छ ।
Discussion about this post