म्यागङमा मौरीपालन तालिम

0
SHARES
0
VIEWS

म्यागङ, २२ ज्येष्ठ, २०८१ । 

म्यागाङ गाउँपालिका वडा न २ सामरी मा ५  दिने आधारभूत मौरीपालन तालिम सम्पन्न भएको  छ । उद्योग तथा बाणिज्य कार्यालय नुवाकोटको आर्थिक सहयोग र म्यागाङ गाँउ पालिकाको समन्वयमा  तालिम आयोजना भएको हो । 

५ दिने आधारभूत मौरीपालन तालिममा स्थानीय २९ जना सहभागिहरुलाई नेपाल मौरी पालक माहासंघ नुवाकोट शाखा अध्यक्ष, आधुनिक मौरी फार्म तथा घार उधोग का प्रोपाइटर भिमप्रसाद अधिकारी ले प्रशिक्षण दिनु भएको थियो । तालिम समापन कार्यक्रममा उद्योग तथा बाणिज्य कार्यालय नुवाकोटका प्रमुख किसोर सापकोटाले समुदायको आवस्यकता पहिचान गरी यस्ता तालिम कार्यक्रम सञ्चालन गर्दै आएको वताउनुभयो । प्रमुख सापकोटाले स्थानिय उत्पादन बढाउन  आयस्रोत बृद्धि गर्नसहज हुने हिसाबले यस भेगमा सन्चालन भएको यस तालिमले सबैलाई ब्यबसाय गर्न र मौरिमय सामरी बनाउन सके मात्रै तालिम प्रभावकारी हुने बताउनुभयो । कार्यक्रममा म्यागाङ  गाँउ पालिकाका उपप्रमुख सिता तामाङले स्थानीयलाई स्वरोजगारीका लागि तालिम उपयोगी रहने विश्वास ब्यक्त गर्नुभयो । तामाङले गाउँ पालिका सदैव किसायको हितमा काम गर्ने र यस ब्यबसाय सञ्चालन गर्ने महिलालाई आबस्यक सहयोग गर्न तयार रहेकोले ढुक्क भएर ब्यबसाय गर्न आग्रह गर्नु भयो । 

कार्यक्रममा तालिमका सहभागी सान्ती तमाङ र सुम्निमा  तामाङ ले ५ दिने तालिमले मौरी पालन सम्बन्धित धेरै कुराको जानकारी पाएको र परम्परागतरुपमा पालिएको मौरी पालन बाट भन्दा आधुनिक तरिकाले मौरी पालन गर्दा बढि लाभ उठाउन सकिने कुरा जानकारी पाएको ले यस भेगमा आधुनिक मौरी पालन सुरवात गर्ने जानकारी दिनुभयो । कार्यक्रममा सहजकर्ता भिमप्रसाद अधिकारीले म्यागङको पाङगार वातावरणिय हिसाबले मौरी पालन ब्यवसाय गर्न योग्य ठाउ भएकोले सहभागीहरुलाई ब्यबसाय गर्न र यस्को लागि लागि आवश्यक प्राविधिक सहयोग मौरीजन्य सामाग्रीहरूको लागि  सदैब सहयोग गर्न तयार रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

सहभागीहरुलाई कार्यालयको तर्फबाट एक एक ओटा मौरीको घार  बितरण समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित