नुवाकोटका भट्टराईलाई ग्रेटेड ग्लोबल युनिभर्सिटीको मानार्थ पिएचडी

0
SHARES
0
VIEWS

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकाका दिलिपकुमार भट्टराईलाई भारतको नयाँ दिल्लीस्थित इन्टर ग्रेटेड ग्लोबल युनिभर्सिटीले मानार्थ पिएचडी प्रदान गरेको छ ।

ग्लोबल चेम्बर अफ कमर्स इन्डष्ट्री एन्ड एग्रीकल्चर बिषयमा ग्लोबल विश्वविद्यालयले नुवाकोट निवासी व्यावशायी तथा समाजसेवी दिलिपकुमार भट्टराईलाई मानार्थ बिद्व्यावारिधी प्रदान गरेको हो । बुधबार काठमाडाको केशरमहलस्थित होटल बाराहिमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबंम पुर्ब शिक्षा मन्त्री अर्जुननरसिंह केसिको प्रमुख आतिथ्यता तथा पुर्व भुमी ब्यवस्था मन्त्री एबंम नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठको आतिथ्यता एबंम भारतबाट विभिन्न ख्याति प्राप्त ब्याक्तीहरुको समेत उपस्थितिमा भट्टराईलाई ग्लोबल बुद्द पिस (शान्ति) अवार्ड समेत दिइएको थियो ।

सफल उद्यमी समेत रहेका भट्टराई पछिल्लो समय सामाजिक क्षेत्रमा कृयाशिल रहँदै आएका छन् । नुवाकोटमा चितपरिचित भट्टराईको यस सक्रियताको पछिल्लो समय चर्चाको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित