नुवाकोट स्वयम्भू महाचैत्य संरक्षण सँस्थाको प्रथम साधारणसभा सम्पन्न भएको छ । विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
साधारणसभामा विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, वडा नं १ का वडाध्यक्ष लेलिन रञ्जित, वडा नं २ का वडाध्यक्ष दिपक कायस्थ, महाअस्टबीर मैत्री भन्टे लगायतले संस्थाले निर्माण आरम्भ गरेको महाचैत्य निर्माण सम्पन्न भएपछि यस क्षेत्रको महत्व झन बढ्ने बताउनुभयो । करिव सत्रसय वर्ष पूरानो ऐतिहासिक तथा धार्मिक स्थल स्वयम्भू महाचैत्यको पछिल्लो एक वर्षको अवधिमा विदुर नगरपालिका मार्फत डिपिआर निर्माण र नौ लाख रुपैयाँ सहित भौतिक संरचना निर्माणको क्रममा हेभी इक्युमेन्ट, ट्रिपर सहयोग भएको छ । यस्तै, स्थानीय एंव बौद्ध धर्मालम्वीहरुबाट प्राप्त सहयोग लगायत गरेर करीब ४६ लाख रुपैयाँ लगानीमा स्वयम्भू महाचैत्यको अहिलेको संरचना निर्माण भएको हो ।
स्वयम्भू महाचैत्यको निर्माण सम्पन्नको लागी नगरपालिकाको तर्फबाट आगामी दिनमा पनि निरन्तर सहयोग रहने नगरप्रमुख राजन श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको छ । महाचैत्य निर्माण सम्पन्न गर्न करीब २५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको नुवाकोट स्वयम्भू महाचैत्य संरक्षण संस्थाका अध्यक्ष अभियन्ता गौतममान सिंहले जानकारी दिनुभयो ।
Discussion about this post