नुवाकोट, १६ माघ । जिल्ला प्रसासन कार्यालय नुवाकोटको लापर्वाहीले राष्ट्रिय परिचयपत्रका लागि आबेदन दिएका सेवाग्राही मारमा परेका छन् । राष्ट्रिय परिचयपत्रका लागि दिईएको ब्यवस्थापन सूचना प्रणालीमा दर्ता नहुँदा सेवाग्राहीले झमेला ब्यहोर्नु परेको छ ।
‘जिल्ला प्रसान कार्यालय नुवाकोटबाट म आफैले १ बर्श पहिले २०७९÷१०÷०४ मा कयौ दिन अगाडि डेट लियर कामकाज छोडी घन्टौ लाइन बसि लिएको राष्ट्रिय परिचयपत्र अनलाइन सिस्टममा दर्ता नभएको देखियको छ अनलाईन आवेदनकर्ता हरिजंग पाण्डेले आफ्नो सामाजिक स ञ्जाल मार्फत प्रश्नमिश्रित गुनासो गरेका छन्–‘यसरी अधिकृतले हस्ताक्षर गरेर पठाएको परिचयपत्र कागजी खोस्टामा मात्र सिमित गरेर जनतालाई दुख दिने र जनताको आखामा छारो हाल्ने कस्तो खालको हर्कत हो जिल्ला प्रसासन नुवाकोट ?‘
पाण्डेले उपलब्ध गराएको परिचयपत्र फाराम अनुसार उनको फाराम एक वर्ष अघि अघिल्लो माघ ४ गते दर्ता भएको र जिल्ला प्रशासन कार्यालयका अधिकृतले रुजु गरी विवरण दर्ता अपरेटरले दर्ता गरेको प्रमाणित गरेका छन् । ‘दर्ता भएको कागजात लिएर एकवर्षपछि परिचयपत्र बुझ्न जाँदा आवेदन नै सिस्टममा दर्ता नभएको पाईयो–पाण्डेले भने ।
पाण्डेले सार्वजनिक गरेको पोष्टमा विदुर नगरपालिका वडा नं ४ का वडा सदस्य छवि ओझाले टिप्पणी गरेका छन्– ‘वडामा बनाईएका परिचय पत्र त झन मोवाईलमा राष्ट्रिय परिचय पत्र नंबर आउँछ एस एम एस मार्फत भनेको कहि कतै आएन अनि गएर जिल्ला प्रशासनमा फेरि बनाउँदा बल्ल नंबर सहितको दिएको छ त्यो पनि हरिजीले भने झैं रजिष्टर नै छैन कि प्रबिधि वा प्राबिधिक को सच्चिन पर्ने हो जनताले दुख पाईरहेका छन् यसमा समन्धित निकायको ध्यान जान जरुरी छ । ’
(यससम्बन्धमा हामीले जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरेर त्यताको भनाई लिन भने सकेका छैनौं । )
Discussion about this post