नुवाकोट,१३ माघ । नुवाकोटको विदुरमा हुन लागेको आठौँ नुवाकोट महोत्सवको तयारी शुरु भएको छ । महोत्सवस्थल विदुरमा महोत्सवका लागि आवस्यक पुर्वाधार निर्माण शुरु भएको हो ।
नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा माघ २६ गतेदेखि फागुन ७ गतेसम्म महोत्सव हुन लागेको हो । स्थानीय उत्पादनको बजारीकरण, पर्यटन, कला तथा संस्कृतिको प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको संघले जनाएको छ । जिल्लाको आर्थिक कारोबारलाई चलायमान गराउन महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए। महोत्सवमा विभिन्न खेल, नृत्य, लोकदोहोरी, विज्ञानप्रविधि प्रदर्शन लगायतका प्रतियोगिता हुने भएको छ । जिल्लाको सांस्कृतिक विविधताको
संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन, कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा सांस्कृतिक जागरण गराउने महोत्सवको उद्देश्य रहेको छ । विभिन्न जातजाति, वर्ग र समुदायबीच सद्भाव एवम् भ्रातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टिले जिल्लाको समुन्नतिमा संगठित रूपले प्रयत्नशील रहने लक्ष्य संघले लिएको छ । जिल्लालाई औद्योगिक, व्यापारिक, कृषि तथा पर्यटकीय क्षेत्रको रूपमा विकसित गर्ने, स्थानीय स्तरबाट उत्पादित वस्तुको बजारीकरण र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने महोत्सवको लक्ष्य छ । घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पु¥याउने, घरेलु उत्पादन र कृषिलाई व्यावसायिक र आधुनिकीकरणलाई उन्मुख गराउने, निकासीयोग्य वस्तुको पहिचान एवम् बजार प्रवद्र्धनमा महोत्सवले सहयोग पुग्ने संघले अपेक्षा राखेको छ । जिल्लाको पर्यटकीय स्थलको विकास र विस्तारमा समेत महोत्सवले टेवा पु¥याउने, स्थानीय बजारको विकास, विस्तार एवम् विशिष्टीकरणतर्फ उन्मुख गराउने, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष अन्तत्र्रिmया गराई सकारात्मक सम्बन्ध विस्तार गराउने महोत्सवको लक्ष्य छ ।
आधुनिक एवम् नयाँ प्रविधि, उपकरण एवम् मेसिनबारे जानकारी गराउने, स्थानीय कला, साहित्य तथा लोकसंस्कृतिको जगेर्ना गर्ने, विभिन्न जातजातिबीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने, लगानीको अवसरको सिर्जना गर्ने महोत्सवको लक्ष्य छ । महोत्सवको लागि ३० उपसमिति गठन गरिएको छ । महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्ग–अशक्तलाई सरकारले जारी गरेको परिचयपत्रको आधारमा
निःशुल्क गरिएको संघको वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए । विदुर नगरपालिका, नेपाल उद्योग
वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समिति प्रवर्धक रहेको महोत्सवमा २ सय ५० स्टलहरु रहने जनाइएको छ ।
Discussion about this post