आजवाट मेयरकप प्रतियोगिता शुरु

0
SHARES
0
VIEWS


विदुर मेयर कप फुटवल प्रतियोगिता शनिवारबाट शुरु हुँदैछ । विदुर नगरपालिका मुख्य आयोजक र नुवाकोट फुटवल संघ आयोजक रहेको प्रतियोगितामा जिल्लाका १० वटा  पालिकाका खेलाडीको सहभागिता रहेको छ । 

उद्घाटन खेलमा आयोजक टोली विदुर नगरपालिका र म्यागङ गाउँपालिकाविच प्रतिष्पर्धा हुने छ । प्रतियोगिताको उद्घाटन संघिय अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्नेछन् । आयोजक नुवाकोट फुटवल संघले सार्वजनिक गरेको खेलतालिका अनुसार ककनी गाउँपालिका, लिखु गाउँपालिका, सुर्यगढी गाउँपालिका र तारकेश्वर गाउँपालिका समुह ए मा रहेका छन् । त्यस्तै समुह बि मा बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र शिवपुरी गाउँपालिका रहेका छन् । यस्तै आयोजक टोली विदुर नगरपालिका, तादी गाउँपालिका र म्यागङ गाउँपालिका समुह सि मा रहेका छन् ।

जिल्लामा फुटवल खेलको विकास र खेलाडीलाई प्रोत्साहन दिन नगरपालिकाको आयोजनामा प्रतियोगिता संचालन गर्न लागिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए । विदुर नगरपालिकाकी उपप्रमुख प्रभा वोगटीले जिल्लाको खेलकुद, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रको विकासमा नगरपालिका क्रियाशिल रहेको 

र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता आयेजना गरेको वताईन् ।   प्रतियोगितामा प्रथम र द्वितिय हुने क्लवलाई चार लाख चार हजार ४ सय ४४ रुपैयाँ र दुई लाख दुई हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक विजय गुरुङले जानकारी दिए ।प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ठ गोलरक्षक, उदयमान खेलाडी, अनुशासित टिम, सर्बाधिक 

गोलकर्ता र म्यान अफ द म्याचले समेत पुरस्कार पाउने बताइएको छ । प्रतियोगिता विदुर नगरपालिका–४ बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित