धादिङ । दक्षिणी धादिङको बेनीघाट रोराङ्ग गाउँपालीका स्थित वडा नम्वर ६ र ७ जोड्नका लागी धुषा खोलामा पक्कि पुल निर्माणको काम सुरु भएको छ ।
पूल नहुदा वर्षाको समयमा निकै समस्या भोग्दै आएका बेनीघाट रोराङ्ग गाउँपालीकाको धुषा, स्यादुल,चौकी,र ओरवाङ्गलगाएत वुम्राङ्गका स्थानीयलाई अव भने पुल निर्माण भएसंगै आवत जावतमा निकै सहज हुने भएको छ ।
सडकको पनि स्तरोन्ति भईरहेको र धुषा खोलामा पुल पनी निर्माण सम्पन्न हुने अन्तीम चरणमा रहेको ग्रामिण ब्यवसायी क्रियाकलाप पनि बढने भन्दै स्थानीय खुसी भएका छन् ।
अधिकाम्स चेपाङ्ग समुदायका मानिसहरुको बसोवास रहेको दक्षिणी धादिङको सो क्षेत्रमा बल्ल विकासको कामले गति लिन थालेको हो ।
तरकारी उत्पादनका लागी निकै राम्रो मानिएको सो क्षेत्रबाट अव भने बाह्रै महिना कृषी उत्पादन विक्रिका लागी सहज हुने भनाई छ ।
अब सडक सुविधा र खोला खोल्साहरुमा पुल निर्माण भए पछी त सो क्षेत्रमा पनी हरेक समय सवारी आवत जावत गर्न सक्ने भन्दै स्थानीय निकै हर्षित भएका छन् ।
पुल निर्माणको क्रममा अव स्याल्व ढलानको अन्तिम तयारीमा निर्माण कम्पनी जुटेको छ ।बाग्मती प्रदेश सरकार अन्तरगतको भौतीक पुर्वाधार विकास मन्त्रालयले सो पुल तिन करोड १६ लाखको लागतमा निर्माण गर्न लागेको हो । करिव विस मिटर लम्वाईको सो पुल भद्रकाली निर्माण सेवालाई २०७९को माघ महिनामा एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी प्रदेश सरकारले जिम्मा दिईएको हो ।
Discussion about this post