दुप्चेश्वरमा भलिबल प्रतियोगिता

0
SHARES
0
VIEWS

प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई बिदाई गर्दै
म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ । 

दुप्चेश्वर, २५ पौष । खेलकुदको माध्यमबाट सामाजिक सदभाब सहिष्णुता तथा हार्दिकता कायम गर्ने उद्देश्यका साथ नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले भलिबल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिता वुधबारबाट शुरु भई शनिवार सम्पन्न हुनेछ । 

दुप्चेश्वर गाउँपालिकाले नुवाकोट जिल्ला अन्तरपालिकास्तरिय पुरुष भलिवल प्रतियोगिता र अन्तरपालिकास्तरिय पुरुष भलिवल प्रतियोगिता एकसाथ आयोजना गरेको हो । अन्तरपालिकास्तरिय पुरुष भलिवल प्रतियोगितामा जिल्लाका १२ वटै स्थानीय तहका एक÷एक समुहले प्रतिष्पर्धा गर्नेछन् । यस्तै, अन्तरपालिकास्तरिय पुरुष भलिवल प्रतियोगितामा पालिकाभित्रका प्रत्येक वडाबाट एक/एक महिला समुह सहभागी हुने बताईएको छ । अन्तरपालिकास्तरिय पुरुष भलिवल प्रतियोगितामा प्रथम हुने समुहलाई १ लाख १ हजार १ सय एघार रुपैंयाँ, दोश्रो हुनेलाई ७५ हजार ५ सय पचपन्न रुपैयाँ र तेश्रो हुनेलाई ५० हजार ५ सय पचपन्न रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने पालिका अध्यक्ष शंकर थापाले जानकारी दिए । यस्तै, सान्त्वना, सर्वोत्कृष्ट खेलाडी, बेष्ट .स्पाईकर, बेष्ट सेटर, बेष्ट डिफेन्डर, बेष्ट सर्भर, कोच, ब्लकरलाई समेत नगद पुरस्कार, मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने थापाले बताए । महिला प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना समुहलाई ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने पालिका उपाध्यक्ष माकुरी तामाङले जानकारी दिईन् । 

प्रतियोगिता दुप्चेश्वर ६ रामती स्थित दुप्चेश्वर माविको खेल मैदानमा शुरु हुँदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित