२५ पौष, कालिका । बेतिनी पोल्ट्रि फर्म एण्ड ग्रिनको आयोजनामा भएको ७ दिने आधारभूत मौरीपालन तालिम समापन सम्पन्न भएको छ । कालिका गाउँपालिका वडा नंवर ३ रसुवा स्थित बेतिनी पोल्ट्रि फर्म एण्ड ग्रिनको आयोजनामा तालिम सम्पन्न भएको हो ।
आधारभूत मौरीपालन तालिम वडा अध्यक्ष फडिणप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । तालिम समापनमा बोल्दै वडाध्यक्ष न्यौपानेले मौरीपालन गर्ने किसानलाई वडाले आवस्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । तालिम समापन कार्यक्रममा नेपाल मौरी पालक माहासंघ रसुवा नुवाकोट शाखाको अध्यक्ष भीमप्रसाद अधिकारीले बढ्दै गएको आर्थिक मन्दीको मारबाट मुक्त बनाउन कृषिमा राज्यले लगानी बढाउनुपर्ने वताए । कृषि उत्पादन बढाउन, आयस्रोत बढाउन स्थान हेरेर मौरी पालन लाई प्राथमिकता राखेर कार्यक्रम बनाउन अधिकारीले सुझाव दिएका छन् । नुवाकोट र रसुवा जिल्लामा मौरी पालन ब्यवसाय सन्चालन गर्न चाहने किसान दाजुभाइ हरुलाई मौरी पालन ब्यवसाय तालिम लगायत सहुलियत दरमा मौरीजन्य सामाग्रीहरू उपलब्ध गराउदै आएको र लगानी गर्न नसक्ने आर्थिक अवस्था कमजोर भएकाहरुलाइ सहुलियत दरमा मौरी पालन ब्यवसाय सन्चालन गर्न सहयोग गर्ने प्रतिबद्धता समेत अधिकारीले ब्यक्त गरे ।
७ दिने आधारभूत मौरीपालन तालिममा बिदुरकुमार कार्कीले सहजिकरण गरेका थिए। समापन समारोहका सभापति एवं सन्चालक रेवती प्रसाद वस्तीले आफु लगायत स्थानीय हरुलाई समेत ब्यबसायिक बनाउन यो तालिम सन्चालन गरेको र ब्यबसायिक हुन आग्रह गरेका छन् ।
Discussion about this post