जाडोमा छालाको सुरक्षा कसरी गर्ने ?

0
SHARES
0
VIEWS

काठमाडौँ, पुस ३ गते । 

जाडो मौसममा छालामा धेरै समस्या आउने गर्छ । जाडो सुरु भएसँगै छाला सुक्खा हुने रातो हुने, फुट्ने, खस्रो हुनेलगायत छालासम्बन्धी समस्या देखिन थाल्छ । जसको समाधान विभिन्न उपायबाट गर्न सकिने छालारोग विशेषज्ञको धारणा छ । 

जाडो मौसम छालाका लागि अनुकूल मानिँदैन । सौन्दर्यविद् सुषमा महराले भन्नुभयो, यो समयमा बाहिरी वातारण सुक्खा हुनाले छालामा सोझै असर गर्छ । अझ काठमाडौँ वा सहरी क्षेत्रमा धुलो–धुवाँले छालालाई थप नोक्सान पुर्‍याउँछ । उहाँका अनुसार विशेष गरी छाला संवेनदशील भएकालाई यस्तो समस्याले मानिसलाई सताउँछ । जाडोमा यस्ता छालासम्बन्धी समस्याबाट जोगिन विभिन्न उपाय अपनाउन सकिन्छ ।

जाडोमा छाला सुक्खा हुनेबित्तिकै धेरैजसोले जे पायो त्यही क्रिम दल्छन् । त्यसो गर्नाले छालाको समस्या समाधान हुनुको साटो झन् बढेर जाने उहाँले बताउनुभयो । उहाँले कतिपयलाई छालाको एलर्जीसमेत हुने हुनाले जाडोमा लगाइने क्रिम ९मोस्चराइजर० छनोट गर्दा निकै विचार पुर्‍याउनुपर्ने सुझाव दिनुभयो । 

सबैको छाला एकै किसिमको नहुने हुनाले आफ्नो छाला अनुसारको क्रिम ९मोस्चराइजर० छनोट गर्नुपर्ने सुझाव उहाँको छ । जाडोमा धेरैले घामको विकिरणसँग सुरक्षा गराउने क्रिम ९सनस्क्रिन० प्रयोग गर्दैनन् । महराले थप्नुभयो, जाडो होस् वा गर्मीको मौसम, छालाको सुरक्षाका लागि अनिवार्य रूपमा सनस्क्रिनको प्रयोग गर्नुपर्छ । यसले छालालाई सूर्यको किरणबाट बचाउँछ । 

यसै गरी हात धुँदा प्रयोग गर्ने साबुन पनि नरम खालको प्रयोग गर्नुपर्छ । जाडो महिनामा हातको छाला जोगाउन पन्जा लगाउनुपर्ने सुझाव दिँदै विशेष गरी स्कुटर वा बाइक चालकले हातको छाला सुक्खा हुनबाट जोगाउन अनिवार्य रूपमा पन्जा लगाउनु पर्छ । 

मनतातो पानीले नुहाउनु पर्छ । नुहाएपछि हल्का भिजेको शरीरमा नरिवलको तेल वा लोसन लगाउनु पर्छ । यसले पनि शरीरलाई सुक्खा हुनबाट बचाउँछ । कसैको निकै सुक्खा छाला छ भने नुहाउने पानीमा नुन राखेर नुहाउँदा पनि छाला सुक्खा हुन पाउँदैन ।

छालालाई स्वस्थ राख्नेभन्दा हामी छालाको बाहिरी स्याहारमा मात्र ध्यान दिन्छौँ । यद्यपि यसमा आन्तरिक रूपले नै सचेत हुनुपर्छ । त्यसका लागि खानपानमा खास ध्यान दिनुपर्छ । स्वस्थ र सन्तुलित खानेकुरा खानुपर्ने उहाँको सुझाव छ । उहाँका अनुसार जाडोमा हिटर तापिन्छ । लामो समय हिटरको रापमा बस्दा त्यसले छालालाई रुखो बनाउँछ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित