बैंक तथा वित्तीय संस्थाको ब्याजदर थप घट्ने

0
SHARES
0
VIEWS

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंकदर र नीतिगत दर घटाएपछि घट्दो क्रममा रहेको ब्याजदर झनै घट्ने भएको हो ।

शुक्रबार सार्वजनिक पहिलो त्रैमासिक समीक्षाअनुसार बैंकदर ०।५ प्रतिशत विन्दु र नीतिगत दर १ प्रतिशत विन्दुले घटाएपछि ब्याजदर थप घट्ने भएको हो ।

‘मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरूको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई ७।५ प्रतिशतबाट घटाई ७ प्रतिशत कायम गरिएको छ । नीतिगत दरलाई ६।५ प्रतिशतबाट घटाई ५।५ प्रतिशत कायम गरिएको छ,’ पहिलो त्रैमासिक समीक्षामा भनिएको छ, ‘निक्षेप संकलन बोलकबोल दरलाई ४।५ प्रतिशतबाट घटाई ३।० प्रतिशत कायम गरिएको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।’ 

कान्तिरपुरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित