मुद्धाको छिनोफानो दुई बर्षभित्रै : प्रधानन्यायाधिस श्रेष्ठ

0
SHARES
0
VIEWS

२२ मंसिर, नुवाकोट । 

प्रधानन्यायाधीश श्रेस्ठले दुई बर्ष नाघेका मुद्दा  सुन्यमा झार्ने र न्याय सम्पादन थप प्रभावकारि बनाउने योजनाका साथ काम गरिरहेको बताएका छन्। हाल अदालतमा मुद्दा दर्ता भन्दा फर्छ्यौटको संख्या बढि रहेकोले अब बर्षौ देखि मुद्दा नटुङ्गने समस्या हल हुनेमा बिस्वस्त रहन उनले आग्रह गरे ।

नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा नम्बर २ बिदुरमा जिल्ला अदालतको भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेस्ठले अव न्याय सम्पादनमा ढिलासुस्ती नहुने वताए । प्रधानन्यायधिस श्रेष्ठले अबको न्यायालय सुचना प्रबिधि मैत्री हुनुपर्ने उल्लेख गर्दै तिनै तहका अदालत सर्बोच्च, उच्च र जिल्ला अदालतहरुलाइ प्रबिधिमैत्री बनाउदै लगिएको बताए । प्रधानन्यायाधीश श्रेस्ठले सबै तहका अदालतमा सेवाग्राहिका लागि आवस्यक कागजातका ढाचा निसुक्ल गरिसकिएको बताए । न्यायलयलाइ प्रबिधि मैत्री बनाउन सर्बोच्चमा भौतिक उपस्थित नभइ अनलाइन बाट नै मुद्दा दर्ता गर्न सकिने ब्यबस्थाको सुरुवात गर्न लागिएको समेत श्रेष्ठले जानकारि दिए । 

उद्घाटन कार्यक्रममा बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिह लामाले ब्यबस्थापिका, कार्यपालिका र न्यायपालिकाको संयुक्त प्रयासबाट मात्र नागरिकले सुशासनको अनुभुति गर्न सक्ने बताए ।  नौ करोड ६१ लाख चार हजार २४५ रुपैयाँमा निर्माण सम्पन्न भएर जिल्ला अदालत भवन निर्माण सम्पन्न भई हाल नया भवन बाट नै कार्यसम्पादन भैरहेको जिल्ल्ला न्यायधिश मदनबहादुर धामिले बताए । भवनमा अपांगतामैत्री संरचना सहित ३४ कोठा रहेको छ । भवनमा एकवटा न्यायधीश चेम्बर कक्ष, सुविधा सम्पन्न इजलास कक्ष, बाल इजलास, व्यवस्थित पार्किङ सुविधा, अपाङ्गमैत्री भवन, विषयगत मुद्दा फाँट र १२ शौचालय लगायतका सुविधा रहेको जनार्ईएको छ । ०७२ सालको महाभूकम्पपछि जिल्ला अदालतको भवन भत्किएपछि  २०७४ सालमा शिलान्यास भई २०७६ मङ्सिर २४ गतेदेखि अदालतले यसै भवनबाट सेवा प्रदान गर्दै आईरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित