१९ मंसिर, नुवाकोट ।
३२ औँ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नुवाकोटका विभिन्न पालिकाहरुमा सञ्चालन भईरहेका छन् । यसक्रममा जिल्लाको किस्पाङ गाउँपालिकामा यस सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ ।
लैङ्गिक हिंसा सम्बन्धी कानूनी सचेतना र एकद्वार संकट व्यवस्थापन केन्द्र –OCMC_ को भूमिका सम्बन्धमा पालिकाले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । किस्पङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अर्जुन प्रसाद न्यौपानेले लैङ्गिक हिंसा अन्त्यका लागि सवैले आआफ्नो क्षेत्रबाट प्रतिबद्धता पूरा गर्नुपर्ने वताएका छन् । अभिमुखीकरणमा बार एसोसिएसन नुवाकोटका अधिवक्ता नवदीप श्रेष्ठ र त्रिशुली अस्पतालका नर्सिङ अधिकृत देबकी पुडासैनी खतिवडाले सहजीकरण गरेका थिए । कार्यक्रममा गाउँपालिकामा कार्यरत कर्मचारी, गाउँ पालिकाभित्रका विद्यालयका शिक्षक,शिक्षिका, विद्यालय नर्स, राजनीतिक दलका प्रतिनीधि, कार्यपालिकाका सदस्य, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिती रहेको गाउँ पालिकाका सूचना प्रविधि अधिकृत मोतीमाया तामाङले जानकारी दिइन् ।
“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने राष्ट्रिय नाराका साथ यहि मंसिर ९ गतेदेखि २४ गतेसम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भईरहेको छ ।
Discussion about this post