नुवाकोट, १६ मंसिर ।
प्रसिद्ध धार्मिक स्थल उत्तरगयाधाममा एक सय आठ शिवलिङ्गको विधिवत् रूपमा प्राण प्रतिष्ठा गरिएको छ ।
नुवाकोट र रसुवाको सिमानामा रहेको त्रिवेणीधाम उत्तरगयामा स्थानीय धार्मिक व्यक्तित्व‚ विभिन्न संघसंस्था र उद्यमी व्यवसायीको प्रयास तथा सहयोगीदाताहरूले नगद जिन्सी सहयोगबाट धामको निर्माण भएको हो । १६ लाख ५० हजार ९ सय १७ रुपैयाँ लागतमा १ सय ८ शिवलिङ्ग स्थापना गरिएको स्थानीय दिलकृष्ण श्रेष्ठले बताए ।
मङ्सिर १७ गते स्थापना गरिएको शिवलिङ्ग प्राण प्रतिष्ठा रुद्री पुजा, लाख बत्ती प्रज्वलन गरी उद्घाटन गरिएका हो । शिवलिङ्ग स्थापना गर्न सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा राखिने श्रेष्ठले बताए । शिवलिङगको प्राण प्रतिष्ठासँगै यही मङ्सिर २५ गते वाला चतुर्दशीमा शतबीज छर्ने दिनको लागि समेत तयारी गरिएको समेत जनाइएको छ ।
Discussion about this post