सक्षम सहकारीको अध्यक्षमा तुलसी दवाडी

0
SHARES
0
VIEWS

नुवाकोट । १५ मंसिर । नुवाकोटको विदुर ४ बट्टार वजारमा रहेको सक्षम वहुउद्वेश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा तुलसी दवाडी निर्विरोध चयन भएका छन् । शनिवार सम्पन्न १६ औ वार्षिक साधारणसभावाट बट्टार वजारका युवा ब्यवसायी दवाडीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । 

साधारणसभाबाट  जानुकादेवी घिमिरे  उपाध्यक्ष, छविलाल ओझा सचिव, मदन वहादुर गुरुवाचार्य सहसचिव, राजुमान प्रधान कोषाध्यक्षमा चयन भएका छन् । यस्तै, सदस्यहरुमा नुरकुमारी घिमिरे, इन्द्रमान जोशी,  रामदास रञ्जीत, ईश्वर श्रेष्ठ चयन भएका छन् । 

साधारणसभाले लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा दिल बहादुर माझी,  सदस्यहरुमा विष्णुदेवी श्रेष्ठ र सचिता गुरुड चयन भएको संस्थाका ब्यवस्थापक तकबहादुर गोदारले जानकारी दिए । वार्षिक साधारणसाले अध्यक्ष, कोषाध्यक्ष र लेखा समितिबाट प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम, बजेट र लेखा प्रतिवेदन पारित गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित