बेलकोटगढी ११ मा सार्वजनिक सम्पति तोडफोड, पसल चोरी

0
SHARES
0
VIEWS

नुवाकोट । ६ मंसिर 

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ को पञ्चकन्या मावि सहित सार्वजनिक सम्पतीमा तोडफोड र विद्यालय हातामा रहेको पसलमा चोरी भएको छ । गएराति अज्ञात समुहद्धारा विद्यालयको विभिन्न कक्ष तथा आसपासका घरहरुमा तोडफोड र विद्यालयसँगैको पसलमा चोरी भएको हो । 

बेलकोटगढी नगरपालिका वडा नं ११ का वडाध्यक्ष प्रकाशजंग पाण्डेका अनुसार पञ्चकन्या विद्यालयका साथै वडाको बेलकोटगढी हेल्थपोष्ट, नेपाल बिधुत प्राधिकरण फ्यूजÞ शाखाको कोठा, दिपशिखा सहकारीमा तोड़फोड़ भएको छ । ती स्थानहरुमा चोरी तथा कागजात क्षती भने भएको छैन । तर, पञ्चकन्या विद्यालयसँगैको ईश्वर मानन्धरको पसल बाट नगद चोरि भएको छ । विद्यालय आसपासमा नै रहेका रबिन्द्र मानन्धरको गोदाम, माधव प्रसाद सिग्देल,  रामशरण सिग्देल, प्रशान्तजंग पाण्डेको घर तोडफोड भएको छ । सेही वडाको अमारेका रुद्र प्रशाद तिवारिको घर तथा सोही घरमा रहेको नेपाल बिधुत प्राधिकरण फ्यूजÞ शाखाको कोठा तोड़फोड़ भएको छ । चोरी तथा तोडफोडका घटना रातको समयमा भएको र घटनाको स्थलगत अनुसन्धान गरी आवस्यक विवरण संकलन गरिएको प्रहरीले जनाएको छ । 

सचेत रहन आग्रह :

यसैविच, मंगलवार राती भएको तोडफोड तथा चोरीका घटनाको भर्त्सना  गर्दै बेलकोटगढी वडा नं ११ ले सचेत रहन वडावासीलाई आग्रह गरेको छ ।

वडाध्यक्ष प्रकाशजंग पाण्डेले एक विज्ञप्ती जारी गर्दै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाईसकेको र प्रहरी निगरानी बढाईएकोले सुरक्षित महशुष गर्न र आफ्नो गाउँ/टोलमा अपरिचित ब्यक्तिको आवतजावत र संकास्पद गतिविधी देखिएमा प्रहरी तथा वडा कार्यलयमा खवर गर्न वडावासीमा अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित