काठमाडौँ — तिहार र छठपछि आज खुलेको शेयर बजारमा झिनो अकंको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ३९ अकंले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ अकंमा कायम भएको छ । दुई सय ८४ कम्पनीको ३३ लाख १९ हजार पाँच सय ५८ कित्ता शेयर ४४ हजार सात सय २७ पटक खरिद बिक्री भएको हो । आज एक अर्ब नौ करोड ९३ लाख १८ हजार २९ बराबरको कारोबार भएको हो ।
होटल तथा पर्यटन समूह एक दशमलव ८३, उत्पादन तथा प्रशोधन समूह एक दशमलव ९१, लघुवित्त समूह एक दशमलव ४२ र अन्य समूह शून्य दशमलव १३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बढ्नेमा भने व्यापार समूह एक दशमलव ४२ र विकास बैंक समूह एक दशमलव २६ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै मूल्य बढ्नेमा भने ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर नौ दशमलव ९८ प्रतिशतले बढेको छ ।
शेयरका संख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको सात करोड ३६ लाख २५ हजार छ सय ६६ कित्ता शेयर किनबेच भएको छ । कारोबार भएको रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको दुई लाख २४ हजार ८६ कित्ता शेयर किनबेच भएको हो ।
Discussion about this post