नुवाकोट ।
दशै तिहारको अवसरमा नागरिकलाई सहुलियत दरमा खाद्य बस्तु उपलब्ध गराउन नुवाकोटमा सुपथ मूल्य पसल सचालनमा आएको छ । नुवाकोट उद्योग वाणिज्य संघको पहलमा साल्ट ट्रेडिङ कर्पोरेसनले जिल्लाको मुख्य ब्यापारिक केन्द्र बट्टार वजारमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
बट्टार वजारमा रहेको बाघबच्छला खाद्य स्टोर मार्फत सञ्चालनमा ल्याईएको सुपथ मूल्य पसलको शनिवार नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले उद्घाटन गरेका छन् । पसल उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले सुपथ मूल्य पसल सञ्चालनबाट उपभोक्तालाई राहत पुग्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा विदुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष निलमबाबु ढुंगेल, नुवाकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शरण उत्सुक सापकोटा, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ईन्द्रबहादुर पण्डित, नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती लगायत बक्ताहरुले बढ्दो महंगीका बीचमा जिल्लामा सञ्चालनमा आएको सुपथ मूल्य पसल निरन्तर सञ्चालन हुन सकेमा थप प्रभावकारी हुने बताएका छन् ।
पसल सञ्चालक बागबच्छला खाद्य स्टोरका सञ्चालक शिव रिमालले स«ाल्ट टे«डिङले निर्धारण गरेको मूल्यमा नै खाद्य सामाग्री उपलब्ध गराईने बताएका छन् । साल्ट ट्रेडिङले चिनी प्रति केजी रु ९७ तथा अन्य बस्तुमा प्रति किलो तथा लिटरमा सात रुपैयाँ सहुलियतमा आफ्ना उत्पादन विक्री गर्र्दै आएको छ ।
Discussion about this post