किम्ताङका लामा दुईदिन देखि बेपत्ता

0
SHARES
0
VIEWS

नुवाकोट । बुधवार विहानबाट हराईरहेका म्यागङ गाउँपालिका वडा नं ४ किम्ताङका छन्द लामा दुई दिन बितीसक्दा पनि फेला परेका छैनन् । विदुर १ त्रिशूलीमा बस्दै आएका लामा वुधवार विहान माछा मार्न त्रिशूली खोलामा गएको र सम्पर्क विहिन रहेको पारिवारिक श्रोतले वताएको छ । 

लामालाई त्रिशूली नदीले बगाएको आशंकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका छन् । त्रिशूलीदेखि गल्छि सम्म विभिन्न स्थानमा खोजी गरिएपनि लामा फेला नपरेको जनाईएको छ । लामा तामाङ समुदायको कलासंस्कृतीमा सक्रिय ब्यक्ति थिए । ल्होसार लगायत स्थानीय मेलापर्वमा तामाङ समुदायले प्रदर्शन गर्ने घोडा नाँचको संयोजकको रुपमा लामा लामो समय देखि क्रियाशिल रहँदै आएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित