नुवाकोट ।
नुवाकोटको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र बट्टार वजारका युवा ब्यवसायी सुरजमान श्रेष्ठले एक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेका छन् ।
आफूले नगरप्रमुखको रुपमा प्राप्त गरेको सेवासुविधाबाट प्राप्त रकमबाट नगर प्रमुख श्रेष्ठले विदुर नगरपालिका वडा नं २ मा रहेको भिमसेन माध्यमिक विद्यालयका सवै विद्यार्थीलाई ट्रयाकसुट प्रदान गरेका हुन् । नगरप्रमुख श्रेष्ठ र विद्यालयको व्यस्थापन समितिका अध्यक्ष समेत रहेका सुरजमान श्रेष्ठले आफ्नो व्यक्तिगत खर्चमा विद्यालयका २ सय ६५ जना विद्यार्थीलाई पोशाक वितरण गरेका हुन् । श्रेष्ठद्धयबाट करिव ३ लाख रुपैयाँ बराबरको पोशाक सहयोग प्राप्त भएको प्रधानाध्यापक नारायण प्रसाद अधिकारीले वताए । ‘जाडो महिना आउँदै गरेको समयमा नगर प्रमुख र ब्यवस्थापन समिति अध्यक्षबाट विद्यार्थीका लागि न्यानो पोशाक प्राप्त भएको छ’– ‘अधिकारीले भने–यसबाट सवै आर्थिक अवस्थाका विद्यार्थीलाई समान रुपमा विद्यालय आउन सहज हुने छ । ’
विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा आफहरुलाई खुसी लागेको श्रेष्ठद्धयले बताए । अत्यावस्यक परेको ठाउँमा सकेको ब्यक्तिगत सहयोग जारी रहने छ’ – नगर प्रमुख श्रेष्ठले भने । विद्यालय पोशाक वितरण कार्यक्रममा विदुर नगरपालिका वडा नं २ क वडाध्यक्ष दिपक कायस्थले नगर प्रमुखबाट प्राप्त सहयोगको प्रसंसा गर्दै जिल्लाकै मुख्य ब्यापारिक क्षेत्रमा रहेको यस विद्यालयको शैक्षिक स्तर बढाउन सवै पक्षको सहयोग अपेक्षित रहेको बताए ।
Discussion about this post