नेपाली खेलाडिलाई दक्षिण कोरियामा स्वर्ण पदक

0
SHARES
0
VIEWS

दक्षिण कोरियामा सम्पन्न ‘आठौं डेजियोन एमबीसी कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’मा नेपाली खेलाडि जितबहादुर बोट र पार्वती गुरुङले स्वर्ण पदक जितेका छन् । जितबहादुर बोट र पावर्ती गुरुङले दक्षिण कोरियाको जिटु श्रेणीको तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका हुन् । गत अगष्ट ११ देखि १६ तारिखसम्म आयोजना भएको आठौं डेजोन कप इन्टरनेसनलमा जितबहादुरले ३० वर्षमुनिको एकल पुम्सेमा प्रतिस्पर्धा गरेका थिए । गंगोउन चुनचेवन विश्व तेक्वान्दो कल्चरल फेस्टिबलअन्तर्गत तेक्वान्दोको पेयर पुम्से विधामा नेपालका दुई खेलाडीले स्वर्ण जितेका हुन् । नेपालमै आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा पदक विजेतासमेत रहेका गुरुङ र बोटले स्वर्ण जितेका हुन् । १३औं सागमा जितबहादुर बोटले पेयर पुम्से र टिम पुम्सेमा कांस्य पदक जितेका थिए । यसैगरी पार्वती गुरुङले एकल पुम्सेमा स्वर्ण र पेयर पुम्सेमा कांस्य पदक जितेकी थिइन् । पेयर पुम्सेमा जितबहादुर र पार्वतीले नै प्रतिस्पर्धा गरेका थिए ।

नेपालले स्वर्ण जितेको विधामा इटाली दोस्रो र पाकिस्तान तेस्रो भएको छ । प्रतियोगितामा काजल श्रेष्ठले रजत पदक जितेकी छिन् । दक्षिण कोरियाको स्वतन्त्रता दिवसको अवसरमा आयोजित प्रतियोगितामा २२ देश सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित