केरुङ प्रवेशको परिचयपत्र सहज गराउन आग्रह

0
SHARES
0
VIEWS

नुवाकोट । 

नेपाल–चीन बीचको उत्तरी नाका रसुवागढीबाट केरुङ जान पाउने परिचयपत्र सहजरूपले उपलब्ध गराउन व्यवसायीले आग्रह गरेका छन् ।
    व्यवसायी आफै केरुङ जान नपाउँदा सवारी साधन मात्र पठाउनुपर्ने बाध्यता रहेकाले रसुवागढीबाट केरुङ जाने परिचयपत्र सहजरूपले उपलब्ध गराउन उनीहरुले आग्रह गरेका हुन् ।
    टिमुरेदेखि केरुङसम्म २४ किमी दूरीका लागि चर्को ज्याला तिर्न बाध्य भएको भन्दै केरुङ जान पाउने सीमापास सहजरूपले उपलब्ध हुनुपर्ने माग व्यवसायीले गर्दै आएका छन् ।
    अध्यागमन विभागले तय गरेको चीन प्रवेश सम्बन्धी कार्यविधि, २०७६ बमोजिम रसुवागढी नाकाबाट चालक, कामदार एवं व्यापारीलाई प्रवेश अनुमति प्रदान गर्न नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र नेपाल ट्रक कन्टेनर प्रालिले संयुक्त रूपमा माग गरेका हुन् ।
    अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले यस सम्बन्धी कार्यविधि बनाइ नियमानुसार रसुवागढी नाकाको समस्या छिट्टै समाधान गरिने बताउनुभयो । कोरोना सङ्क्रमणपश्चात्  २०७९ साल चैत १८ गतेदेखि पुनः नाका सञ्चालन भएको थियो । अनावश्यक टीकाटिप्पणी हटाइ रसुवागढी नाकालाई व्यवस्थित तथा मर्यादित बनाएर रसुवाको छवि उच्च पार्न गोसाइँकुण्ड गाउँपालिकाले स्थानीय व्यापारीसँग सुझाव सङ्कलन गरिसकेको छ ।
    केरुङतर्फ आयातनिर्यात हुने सामानको ढुवानीमा छ सय सवारी चालक र छ सय सहचालक कार्यरत रहेको ट्रक कन्टेनर व्यवसायी प्रालिले जनाएको छ । सीमा क्षेत्रमा अनेक प्रकारका समस्या आउने भएकाले समाधानका लागि दुई देशका सीमा सुरक्षा अधिकारीसमक्ष अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित