नुवाकोट ।
पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले १८ वटा नयाँ धितोपत्र ब्रोकरलाई सञ्चालन अनुमति प्रदान गरेको छ । पहिलो चरणमा ७ वटा र दोस्रो चरणमा ११ वटा ब्रोकरलाई गरी १८ वटा ब्रोकरलाई सञ्चालन अनुमति प्रदान गरिएको बोर्डले जनाएको छ ।
यसअघि आशयपत्र प्रदान गरेकामध्ये आवश्यक पूर्वाधार पूरा गरेकामध्ये दुई चरणमा गरेर १८ वटालाई ब्रोकर कारोबार सञ्चालन अनुमति प्रदान गरिएको धितोपत्र बोर्डले जनाएको छ । यी ब्रोकर सञ्चालनमा आइसकेपछि नेपालमा ब्रोकर संख्या ६८ पुग्ने छ ।
बोर्डले नयाँ लाइसेन्सका लागि आह्वान गरेको सूचनामा ४५ वटा आवेदन परेका थिए । तीमध्ये एउटा आवेदन आवेदनकर्ता आफैंले फिर्ता लिएको र बाँकी दुई वटाको कागजात नपुगेको बोर्डले जनाएको छ । बाँकी रहेका ४२ वटा ब्रोकर आवेदनलाई बोर्डले आशयपत्र दिएको थियो ।
सोमबार नयाँ लाइसेन्स पाउने ब्रोकरहरुमा एलिट स्टक हाउस लि, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, मेघा स्टक मार्केट्स, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वर्ल्ड सेयर एक्सचेन्ज, माछापुच्छ्र्रे सेक्युरिटिज, केविएल सेक्यूरिटिज, कलश स्टक मार्केट र नबिल सेक्युरिटिज रहेका छन् ।
यस्तै, पहिलो चरणमा लाइसेन्स पाउने ब्रोकरहरुमा भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाड रहेका थिए ।
Discussion about this post