यस वर्ष ३७ हल गोरु जुधाईयो

0
SHARES
0
VIEWS

नुवाकोट, १ माघ  । 

माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारकेश्वरको तारुका, नुवाकोट–रसुवा सीमा बेत्रावती र पञ्चकन्याको पिपलडाँडामा गरी ३७ हल गोरु जुधाइएको छ । तारुकामा ९ हल गोरु सोमबार जुधाइने भएको छ ।

तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष माघे संक्रान्ति गोरु जुधाई मेला महोत्सव आयोजना गरेर गोरु जुधाइने गरिएको छ । यहाँ आइतबार १९ हल गोरु जुधाइएको हो । यस वर्ष तारुकामा गोरु जुधाउने मेला २ दिन राखिएको छ । सोमबार थप ९ हल गोरु जुधाइने वताईएको छ । गोरु जुधाई महोत्सवमा खैँचडीभजन, लोकदोहोरी, पन्चेबाजासहित नाचगान गरिएको छ । मेलाको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले उद्घाटन गरेका थिए । गोरु जुधाई मेलाको अवसर पारेर आन्तरिक पर्यटक प्रवद्र्धन गर्न यस पटक २ दिन मेला आयोजना गरिएको वताईएको छ । यसैगरि, जिल्लाको पञ्चकन्या गाउँपालिका ३ पिपलडाँडामा नवप्रतिभा युवा समूहको आयोजनामा भएको आठौं बृहत् गोरु जुधाइ मेला तथा सांस्कृतिक कार्यक्रममा ९ हल गोरु जुधाइएको कार्यक्रम संयोजक गुरुबहादुर थापाले जानकारी दिए । उनका अनुसार झलकबहादुर थापाको गोरखाबाट ल्याएको रातो दार्मे गोरु पहिलो भएको छ भने सोही गोरुसँग जुध्ने जीवन थापाको कालो दार्मे गोरु दोस्रो भएको छ । यस्तै स्थानीय रमेश पराजुलीको प्वालें गोरु तेस्रो भएको संयोजक थापाले जनाए । पहिलो हुने गोरुधनीलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ पुरस्कार दिइएको छ । मेलामा १० हल समावेश भए पनि एक हल गोरु जुधाउन नसकिएको संयोजक थापाले बताए । 

त्यसैगरी, नुवाकोट–रसुवा सीमा बेत्रावतीमा ९ हल गोरु जुधाइएको छ । यहाँ तिब्बत–चीन–नेपाल युद्धपछि सन्धि गरिएको बेत्रावतीमा स्थानीयले ३ हल गोरु जुधाएर गीर खेल खेलिएको इतिहास रहेकोले गोरु जुधाईलाई निरन्तरता दिएको गोसाइँकुण्ड युवा क्लबले जनाएको छ । तर, यसको प्रामाणिक तथ्य भने कतै भेटिदैन । 

तारुकाको गोरु जुधाईको सन्दर्भमा पनि तत्कालीन बझाङी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा विसं १८८७ मा पहिलोपटक गोरु जुधाएर रमाइलो देखाइएको किंबदन्तीको आधारमा यहाँ हरेक वर्ष गोरु जुधाई परम्परालाई निरन्तरता दिइएको छ । यसको पनि कुनै प्रामाणिक तथ्य हालसम्म भेटिएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित