नुवाकोट, १० मंसिर ।
नुवाकोटको क्षेत्र नं. १ को प्रदेश २ मा नेपाली काँग्रेस नुवाकोटका सभापति रमेशकुमार महत निर्वाचित भएका छन् । लोकतान्त्रिक–वाम गठबन्धनका साझा उमेदवार महतले नेकपा एमालेका पुर्णलाल श्रेष्ठलाई पराजित गरेका हुन् ।
महतले १३ हजार ७ सय २७ मत ल्याएका छन् भने उनका निकटम एमालेका श्रेष्ठले ११ हजार ८३१ मत पाए । यस क्षेत्रमा अघिल्लो निर्वाचनमा एमालेका तर्फबाट बद्री मैनालीले जितेका थिए । नुवाकोट प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को प्रदेश २ मा ककनी, लिखु, सुर्यगढी गाउँपालिका, पञ्चकन्या गाउँपालिकाको १, २ र ५ नम्वर वडा छन् । क्षेत्र नं १ वाट प्रतिनिधीसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उमेदवार हितवहादुर तामाङ निर्वाचित भएका छन् ।
Discussion about this post