नुवाकोट क्षेत्र नं १ बाट नेकपा माओवादी केन्द्रका हितवहादुर तामाङ निर्वाचित

0
SHARES
0
VIEWS

नुवाकोट, १० मंसिर । 

नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र) का आमन्त्रित केन्द्रिय सदस्य एवं वागमती प्रदेश सहईन्चार्ज हितबहादुर तामाङ निर्वाचित भएका छन् । लोकतान्त्रिक–वाम गठबन्धनका साझा उमेदवार तामाङ क्षेत्र नंवर १ वाट दोश्रो पटक प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा विजयी हितवहादुर तामाङले २६ हजार ५ सय ४८ मत प्राप्त गरे । उनका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का वद्री मैनालीले २३ हजार ४ सय ६३ मत प्राप्त गरेका छन् । तामाङ ३ हजार ८५ मतान्तर सहित  विजयी भएका हुन् । निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रधुम्न महतले ६ हजार १ सय १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका  सुदर्शन सिटौलाले १ हजार ६ सय ११ मत प्राप्त गरेका छन् । यस निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी १७ जनाले उम्मेदवारी दिएका थिए । १ लाख २० हजार ७ सय ५२ मतदाता रहेको निर्वाचन क्षेत्र नं १ मा मंसिर ४ गते सम्पन्न निर्वाचनमा ६३ हजार ५ सय ६४ मतदाताले मतदान गरेका थिए । निर्वाचनमा खसेको कुल मत मध्ये ६० हजार १९ मत सदर र ३ हजार ५ सय ६५ मत बदर भएको छ । यस क्षेत्रवाट प्रदेश तर्फ लोकतान्त्रिक–वाम गठबन्धनका साझा उमेदवार राधिका तामाङ र रमेश महत विजयी भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित