२१ असोज, नुवाकोट
नुवाकोटको ककनीमा बाढीले बगाउँदा एकै परिवारका दुई जना बालबालिकाको मृत्यु भएको छ । काठमाडौ मामाघरमा दसैँ मानेर घर फर्किरहेका बालबालिकालाई खहरे खोलाले बगाएर मृत्युु भएको हो । बिहिवार साझ बाढीले बगाएर बेपत्ता भएका ४ वर्षका श्रीयान घिमिरे शुक्रबार बिहान १० बजेको समयमा करिब दुई किलोमिटर तल नागडोल खोलामा भेटिएको प्रहरिले जनाएको छ ।
श्रीयानको दिदी बेबिसा घिमिरेको हिजै अस्पतालमा मृत्यु भएको थियो । श्रीयानको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
बिहीबार काठमाडौँको मामाघरमा दसैँ मानेर घर फर्कने क्रममा ककनीको वडा नम्बर १ मा रहेको खोल्सा ढल थुनिएर सडकबाट बगिरहेकोमा बालबालिका चढेको मोटरसाइकल बाढीले ढालेको थियो । मोटरसाइकलमा सवार श्रीयान र बेबिसाको पिता भने सकुशल रहेका छन ।
बा ८० प ७९७० नं. को मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिदा सडकमा बगेको पानीको भेलले बुबा शिवराम घिमिरे सहित दुई बालबालिका खहरे खोलामा परेका हुन । बगेको ठाउबाट करिब २५ मिटर तल गम्भिर अवस्थामा फेला पारी उपचारको लागी ग्रिनसिटी अस्पताल काठमाण्डौमा लगिएकोमा उपचारको क्रममा बेबिसाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
Discussion about this post