पराकम्पको केन्द्रबिन्दु बेल्कोटगढि

0
SHARES
0
VIEWS

नुवकोट । २१ साउन । 

नुवाकोटको बेलकोटगढी आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान परकम्प गएको छ ।बिहान ५ बजेर २६ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिनुभयो । यो परकम्पको धक्का नुवाकोटसहित आसपासका जिल्ला र काठमाण्डौ उपत्यकामा समेत महसुस गरिएको छ ।२०७२ सालको भूकम्पपछि परकम्प आउनेक्रम रोकिएको छैन । यसअघि गएको आइतबार खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि खोटाङमा पनि पटक–पटक परकम्प गएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित