किम्ताङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स

0
SHARES
0
VIEWS

नुवाकोट । २१ असार 

यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टको पहलमा नुवाकोटमा एम्वुलेन्स प्राप्त भएको छ । म्यागङ गाउँपालिका ४ किम्ताङ स्वास्थ्य चौकीलाई भारतीय दूतावासले एम्बुलेन्स उपलब्ध गराएको हो । ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसीले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । सदरमुकाम विदुरदेखि २५ किमि पश्चिमोत्तर भेगमा रहेको स्वास्थ्य चौकीलाई भारतीय दूतावासले बुधबार एम्बुलेन्स उपलव्ध गराएको हो । यो वडाले धादिङ साविक सत्यदेवीसँग जोडिएको छ । यहाँ तामाङ समुदायको बाहुल्यता छ ।

यसअघि भारतीय सहयोगमा यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टमार्फत समुन्द्रटारको सूर्यमति चन्द्रावती बहुउद्देश्यीय सहकारी संस्था दुप्चेश्वर, शिवपुरी गाउँपालिका सल्लेमैदान स्वास्थ्य चौकी, ककनी गाउँपालिका ककनी, बेलकोटगढी नगरपालिका कुमरी स्वास्थ्य चौकी, जिलिङ रेडक्रस शाखालाई एम्बुलेन्ससहित नुवाकोटका ९ स्थानमा एम्बुलेन्स उपलब्ध गराएको अध्यक्ष केसीले जानकारी दिए । आफ्ना आमाबुवाको स्मृतीमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको संरक्षकत्वमा केसी परिवारले ट्रस्ट स्थापना गरेको हो । ट्रस्टले नुवाकोटको शिक्षा र स्वास्थ्यको क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित