नुवाकोट
२ जेठ
बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा राजधानी काठमाण्डौंमा स्वतन्त्र उमेदवार वालेन शाह अग्रस्थानमा छन् । दुई उपमहानगरपालिकामा स्वतन्त्र उमेदवार अग्रस्थानमा छन् । केहि पालिका अध्यक्ष र वडाध्यक्ष स्वतन्त्र उमेदवारले जितिसकेका छन् । नुवाकोटमा पनि ४० भन्दा बढि वडाको नतिजा सार्वजनिक हुँदै एकजना स्वतन्त्र उमेदवारले निर्वाचन जितेका छन् ।
जिल्लाको म्यागङ गाउँपालिका वडा नं ४ मा स्वतन्त्र उमेदवार कमल तामाङ निर्वाचित भएका हुन् । स्वतन्त्रवाट उमेदवारी दिएर पुतली चुनाव चिन्ह पाएका तामाङ ५ सय ७० मत ल्याएर विजयी भएका हुन् । उनी यसअघि नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष थिए । कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्रबाट उमेदवारी दिएर पुनः वडाध्यक्षमा विजयी भएका हुन् ।
Discussion about this post