नुवाकोट ।
1 जेठ
नुवाकोटको विदुर नगरपालिकामा वडा नं १, २ र ३ को मतगणना जारी छ । आईतवार विहानसम्ममा वडा नं १ को १ हजार १ सय १३, २ को १ हजार ३ सय ६ र ३ को ८ सय ३ मत गणना भएको छ ।
पछिल्लो मत परिणाम अनुसार विदुर नगरको मेयरमा गठबन्धनका उमेदवार राजन श्रेष्ठको १ हजार ५ सय ७२ मत रहेको छ । निकटतम प्रतिद्धन्दी एमालेका मेयर उमेदवार सञ्जु पण्डितको १ हजार २ सय २२ मत रहेको छ । उनीहरुको मतान्तर ३ सय ५० रहेको छ ।
यसैगरी गठबन्धनका उपमेयर उमेदवार प्रभा वोगटीको १ हजार ८८ मत रहेको छ । एमालेको उपाध्यक्ष उमेदवार अम्विका नेपालको १ हजार ७० मत रहेको छ । उनीहरुको मतान्तर १८ रहेको छ ।
(अगाडिको समाचारमा सुर्यका मेयर उमेदवारको मत जोड्न गल्ति भएकोमा सच्याईएको छ ।)
Discussion about this post