एकै पटक करिव आठ सय विद्यार्थीलाई शैक्षिक सामाग्री

0
SHARES
0
VIEWS

नुवाकोट/२६ फागुन ।

नुवाकोटको दुप्चेश्वर गाउँपालीका वडा नम्बर ७ शिखरबेसीमा एकै दिन करिव ८ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । वडामा सञ्चालित विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि कांग्रेस नेता सुशीलकुमार खड्काले शैक्षिक सामाग्री प्रदान गरेका हुन् । 

बुधवार आयोजित एक कार्यक्रमका विच प्रमुख अतिथि दुप्चेश्वर गाउँपालीकाका अध्यक्ष योबिन्द्रसिंह तामाङ, नेपाली काँग्रेस नुवाकोट क्षेत्र नं १(क) का सभापति सुशील कुमार खड्का, क्षेत्रीय सचिव शिव गुणी, प्रदेश क्षेत्रिय उपसभापति उपेन्द्र दाहाल लगायतले सामाग्री हस्तान्तरण गरेका हुन् । 

स्थानीय वछला माविका ३ सय ९२ जना, कोटबारी स्कुल का ८६ जना, शिखरबेसी आप्राविका १ सय ६१ जना, चनभुमे आप्रावि का ८० जना, कृष्ण आप्रावि का ७० जना र नवोदय आप्रावि. का १४ जना विद्यार्थी लाई स्कुल पोषाकका साथै बछला माविलाई नगद  ५० हजार प्रदान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तामाङले युवा नेता खड्काले यस क्षेत्रको शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरे । कार्यक्रममा बोल्दै नेता सुशीलकुमार खड्काले आफ्नो जन्मस्थल र राजनीतिक कर्मस्थल भएकोले विशुद्ध सामाजिक भावनाले सहयोग गरिएको बताए । यहाँका विद्यार्थीलाई सानै भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको छ–नेता खड्काले भने– ‘सहयोग गर्दा विद्यार्थीको मुहारमा देखिने खुसीले मन आनन्दित बनेको छ ।’ शिक्षा, स्वास्थ्य र नागरिकको जनजीवनसँग जोडिएको अन्य क्षेत्रमा आफ्नो सहयोग निरन्तर रहने खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित