पल शाहलाई १२ दिन थुनामा राख्न अदालतको आदेश

0
SHARES
0
VIEWS

 नुवाकोट / २१ फागुन । 

नाबालिग गायिकामाथि जबर्जस्तिकरणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखिने भएको छ । आज जिल्ला अदालत तनहुँले अभिनेता शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति दिएको हो ।

यसअघि अभिनेता शाहलाई ७ दिन थुनामा राखेर प्रहरीले अनुसन्धान गरेको थियो । तर, हप्ता दिनमा प्रहरीले अनुसन्धानलाई पूर्णता दिन नसकेपछि थप अनुसन्धानका लागि समय मागेको थियो ।

थप समयका अभिनेता शाहलाई जिल्ला अदालत लगिएको थियो । अदालत थप समय दिएसँगै भोलिदेखि अदालतमा उनको बयान सुरु हुने बताइएको छ ।

गत फागुन १५ गते अभिनेता शाहले आफै तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित