२१ फागुन । छिमेकी युक्रेनमाथि आक्रमण गरेको दशौं दिनमा रूसले युद्धविराम घोषणा गरेको छ।
रूसी समाचार संस्था स्पुतनिकका अनुसार मानवीय सहायताका लागि शनिबार जिएमटी (ग्रिनविच मिन टाइम) अनुसार ६ बजेदेखि युद्धविराम भएको छ।
यसअघि रूस र युक्रेनका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायताका लागि दुई करिडोर खुला राख्ने सहमति भएको थियो। अब ती करिडोरबाट मानिसहरू बाहिर निस्कन पाउनेछन्।
Discussion about this post