एमसिसी सम्सदमा लान सत्ता गठबन्धन तयार

0
SHARES
0
VIEWS

 सत्ता गठबन्धनमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्‍मा टेबल गर्ने सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटेको हो । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु सहभागी थिए । बैठकमा तत्काल सत्ता गठबन्धन नै टुट्ने गरी उत्पन्न समस्या टार्ने गरी नेताहरु एमसीसी टेबल गर्न सहमत भएका हुन् ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले शीर्ष नेताहरुको बैठकले संसद्को आइतबारकै बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटाएको जानकारी दिए । ‘शीर्ष नेताहरुको बैठकबाट एमसीसी टेबल गर्ने सहमति भएको छ, एमसीसी आजैको बैठक टेबल हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित