नुवाकोट/३ फागुन
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी सहयोग नियोग (एमसीसी) सम्झौता विरुद्ध मंगलवार साँझ नुवाकोटमा प्रदर्शन गरेको छ । अनेरास्वीयु र युवासँघ लगायत जनवर्गिय संगठनको नेतृत्वमा बट्टार वजारमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले बजारमा एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप चाहिँदैन लगायतका प्लेकार्ड सहितको नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।
संसदबाट एमसीसी पास भएमा अझै देश नै बरबादी तिर जाने भएकाले सबै देशभक्त जनता एमसीसीको विरुद्ध उत्रिर्नु पर्ने समाजवादीको माग छ ।
Discussion about this post