मलाई प्रधानमन्त्री वन्ने इच्छा छैन : देउवा

देउवाले भन्नुभयो,’म प्रधानमन्त्री बन्न लालायत छैन । काँग्रेस भित्र सरकारको नेतृत्वका विषयमा विवाद हुँदैन । सर्वसहमतिले नै हामी उम्मेदवार चुन्छौँ । ‘ देउवाले एमाओवादी र नेकपा एमालेले संविधानसभा निर्वाचन पछि दूई-दुई पटक सरकारको नेतृत्व गरिसकेको र उनीहरुको नेतृत्वमा बनेका सवै सरकार असफल सावित भएकाले अव सरकारको नेतृत्व काँग्रेसले पाउनु पर्ने वताउनुभयो । देउवाले ७ दिनको समयसीमा दिएर दलहरुलाई सहमतिको प्रधानमन्त्रीकेा उम्मेदवार दिन राष्ट्रपतिले गरेको आहृवान सकारात्मक रहेको वताउनुभयो ।
देउवाले अब पनि एमाओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार वन्न नसक्ने ठोकुवा गर्नु भयो । उहाँले एकीकृत माओवादीकै कारण मुलुक संकटमा फसेको आरोप लगाउनुभयो । देउवाले एमाओवादी लोकतन्त्र र मुलुकप्रति गम्भीर नभएसम्म मुलुकले निकास पाउन नसक्न्े वताउनुभयो
Discussion about this post