
नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादी कम्युनिष्ट पार्टी नै नभएको टिप्पणी गर्नु भएको छ ।
नेपाली कम्युनिस्ट पार्टी स्थापनको अवसरमा एमालेको उपत्यका विशेष समन्वय कमिटीद्वारा आयोजित कार्यक्रममा नेता ओलीले काटमार र हिंसामा विश्वास गर्ने पार्टी कम्युनिस्ट पार्टी हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो-’हत्या-हिंसा, लुटपाट र वितण्डा मच्चाउने माओवादी कम्युनिष्ट पार्टीको परिभाषाभित्र कसरी पर्छ ।’
हिंसामा विश्वास गर्ने माओवादीलाई कम्युनिस्ट पार्टी मान्दा आफू चाहिँ कम्युनिस्ट होइन कि भन्ने लाग्ने उहाँले बताउनुभयो । एमाले नेता ओलीले माओवादीले भन्दै आएको जनयुद्ध सत्ता प्राप्तिका लागि सङ्घर्ष वितण्ड र उत्पातमात्र भएको दावी गर्नुभयो । ‘सिद्धान्तलाई सत्ता प्राप्तिका लागि कतिसम्म स्वार्थमा प्रयोग गर्न सकिने रहेछ भन्ने उदाहरण माओवादीको सशस्त्र युद्ध हो’ उहाँले भन्नुभयो, ‘नेपालको कम्युनिस्ट आन्दोलन उग्रवामपन्थ र दक्षिणपन्थका विरुद्ध निरन्तर जुधेर आएको छ, अब पनि यस बाटोबाट पछि हट्ने छैन ।’
नेता ओलीले कम्युनिस्ट पार्टीले निर्वाचन जितेर लोकपि्रय सरकारसमेत सञ्चालन गरिसकेको अवस्थामा माओवादीले हिंसात्मक राजनीति गरेर गल्ती गरेको दाबी समेत गर्नुभयो ।
कार्यक्रममा एमाले सचिव युवराज ज्ञवालीले माक्र्सवादका आधारभूत सिद्धान्तलाई छाड्ने तथा लोकतान्त्रिक मान्यतालाई बिर्सने काम आˆनो पार्टीले नगर्ने विश्वास व्यक्त गर्नुभयो ।
कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यले कम्युनिस्टहरु आन्दोलित भएर गणतन्त्रको स्थापना भए पनि नयाँ जनवादी व्यवस्था अझै नआएको बताउनुभयो
Discussion about this post