यस्तो छ ओलीको सम्भावित क्याबिनेट

0
SHARES
5
VIEWS

काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय बांडफांडमा सहमति भएको छ । दुई ठूला दलका शिर्ष नेताहरुबीच मन्त्रालयको भागबण्डामा मोटामोटी सहमति भएको नेताहरुले बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आज राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्ने वित्तिकै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।
दुई दलका नेताहरुबीच कांग्रेसले गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय लिने सहमति भएको छ । अरु मन्त्रालय साना दलहरुलाई दिने गरी छलफल चलिरहेको स्रोतले बतायो । एमालेले अर्थ,शिक्षा,शहरी विकास, संचार, भुमि व्यवस्था, कृषि र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र कांग्रेसले भौतिक, गृह, परराष्ट्र, पर्यटन, स्वास्थ्य, सामान्य प्रशासन र वन मन्त्रालय लिने सहमति भएको छ ।
अशोक राई नेतृत्वको जसपालाई श्रम तथा रोजगार र अरु साना दललाई महिला वालबालिका, खानेपानी र युवा खेलकुद दिने तयारी छ । जसपाबाट प्रदिप यादवको मन्त्री बन्ने सम्भावना छ । एमालेबाट उपप्रधानमन्त्रीसहित अर्थमा विष्णु पौडेलको टुंगो लागेको छ । नेताहरु योगेश भट्टराई, पृथ्वीसुब्बा गुरुङ,छविलाल विश्वकर्मा,कृष्णगोपाल श्रेष्ठ,पदम गिरी,विद्या भट्टराईलगायतलाई समेत मन्त्री बनाउने एमालेको तयारी छ ।
यता कांग्रेसबाट भने मन्त्रालय र मन्त्रीहरुको नाम टुंगो लागेको छ । कांग्रेसबाट उपप्रधानमन्त्रीसहित भौतिकमा प्रकाशमान सिंह,परराष्ट्रमा आरजु राणा, गृहमा रमेश लेखक,स्वास्थ्यमा तेजुलाल चौधरी, कानुनमा अजय चौरसिया,पर्यटनमा अर्जुननरसिंह केसीको मन्त्रालय टुंगो लागेको छ । मन्त्रीमा रामनाथ अधिकारी हृदय थानीको निश्चित भएपनि मन्त्रालय टुंगिएको छैन । लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल मन्त्री बन्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित